इन्स्टाग्राममा प्रियंकाको अर्धनग्न फोटो अपलोड

नेपाली चलचित्र जगतकी चर्चित र एक सफल नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राममा आफ्नो र रबिना देशराजको बिकनी पहिरन फोटो अपलोड गरेर आलोचित बन्न पुगेकी छन् । अर्की रबिना देशराज भनेकी प्रियंकाको  ब्वाईफ्रेन्ड आयुष्मानको आमा हुन् । उनि पेशाले बैकंर पनि हुन् ।

हुनत उनको शरीर मात्र आकर्षक नभएर उनि अभिनयमा पनि अब्बल देखिन्छिन । प्रियंका आफु जति सुन्दर छिन त्यसै अनुसारको आकर्षक पहिरनमा सजिने उनको बानि नै छ । बिभिन्न स्टाइलको पहिरनमा सज्जिन सिपालु नायिकाको छबी बनाएकै कारण बेला बखतमा उनले आलोचित पनि हुनु परेको छ ।

नेपाल आइडललाइ जिल्ला अदालतले दियो यस्तो आदेश

नेपाल आइडलका जजहरुले गएको  हप्ता कसैलाई पनि टप फोरबाट आउट नगरी मनपरि ढंगले  पुनः भोट गर्न आह्वान गरेको भनी सो निर्णय रोक लगाउन माग गर्दै मंगलबार ज्ञानमणि न्यौपानेले जिल्ला अदालत  काठमाडौमा नेपाल आइडलविरुद्ध दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनीसके पछी जिल्ला अदालतले आउने शुक्रबार यस मुद्दाको टुंगो लगाउने भनि दुबै पक्षलाई छलफलका लागि भदौ २३ गते शुक्रबार १० बजे सक्कल फाइल तथा विवरण लिइ अदालतमा उपस्थित हुनु भनि बोलाएको  छ ।

अदालतले अल्पकालित आदेश दिदै यो बिबाद वादी र प्रतिवादीबीचको छलफल सुनी निर्णय गर्न उपयुक्त देखिने हुदा आइडललाइ मुद्दाको किनारा नलागेसम्म प्रतिस्पर्धीहरुको जम्मा भएको भोट गणना गर्ने कार्य नगर्न नगराउन आदेश दिएको  छ ।

असोज ११ मा ‘छक्का पन्जा २’ सँग ‘मंगलम’ भिड्ने भएको छ

नायिका शिल्पा पोखरेलले पहिलो पटक निमात्रीको रुपमा आफुलाई उभ्याउन लागिपरेकी चलचित्र ‘मंगलम’ले दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा २’ सँग असोज ११ गते  प्रतिस्पर्धा गर्ने भएको छ ।

‘छक्का पन्जा २’ सँग प्रतिस्पर्धा गर्न आउन लागेको चलचित्र ‘मंगलम’ लाई छबिराज ओझाले निर्माण गरेका हुन् भने यस चलचित्रको प्रदर्शनको मिति भने असोज ११ भनेर भर्खरै टुंगो लगाइएको हो भने ‘छक्का पन्जा २’ को प्रदर्शन मिति भने चलचित्र घोषणा भएकै दिन दीपक–दीपाले असोज ११ गते भनि सार्बजनिकगरेका थिए  ।

चलचित्र ‘छक्का पन्जा २’ को  मुख्य कलाकारहरुमा दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायत छन् भने  मङ्गलममा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्का लगायतका कलाकारहरु ले अभिनय गरेका छन् ।

आबुधाबीको गर्मीमा सुटिङ गर्दै सलमान

सन् २०१२ को  सलमान खान अभिनित सुपरहिट फिल्म ‘एक था टाईगर’ को सिक्वेलको रुपमा रहेको फिल्म ‘टाईगर जिन्दा है’ को अहिले क्लाइमेक्सको सिन दुवई को आबुधाबीमा भैरहेको छ ।

अहिले आबुधाबीमा सलमान यतिखेर रातदिन नभनी ५० डिग्री सेल्सियसभन्दा माथीको तापक्रम लाइ पनि वास्ता नगरी  काम गरिरहेका छन् । ट्युबलाइटले उनको फ्यानलाई दुखि बनाएको प्रति सलमान निकैनै सचेत  छन् यसैले उनि अहिले डाक्टरले स्वास्थ्यमा समस्या आएको छ भन्दै आराम गर्न दिएको सल्लाहलाइ पनि वास्ता नगरी आफ्नो सुटिङ जारी राखेका छन् ।

नेपाल आइडलबाट बाहिरिएका सागरले के भने

एपी वान टेलिभिजन बाट प्रसारण भैरहेको नेपाल आइडलमा सुक्रबार  भएको शीर्ष चार  मध्यबाट एकजना बाहिरिनु पर्ने थियो र त्यसमा उपाधिका दाबेदार मानिएका सागर आले कम भोट पाएको आधारमा  शीर्ष तिनभित्र अटाउन सकेनन । बुद्ध लामानिसान भट्टराई र प्रताप दास शीर्ष तिनभित्र रहदै कतारको दोहामा आयोजना गरिने  ग्रयाण्ड फिनालेको लागि छनोट भएका छन्  

सागर आले बाहिरिए संगै उनले आफ्ना साथीहरुलाइ सफलताको लागि बधाई दिदै  देश भित्र र देश बाहिरबाट आफुले  धेरै माया पाएको र आफ्ना लागी धेरै दुख पाउनुभएका आफ्ना  प्रशंसकहरुलाई धन्यबाद दिदै आइडलमा मा प्रथम नै हुनुपर्छ भन्ने छैन भन्दै आफुले सबैको मन जितेर आफु प्रथम भैसकेको बताए । आफु नेपाल आइडलको नियम अनुसार कम भोट पाउदै बाहिरिएको हुनाले उनले आफ्ना प्रशंसकहरुलाई नेपाल आइडलको बारेमा केहि नराम्रो टिक्का-टिप्पणी नगर्न पनि बिनम्र अनुरोध गरेका छन् । उनै सागर शिर्ष  शीर्ष चारबाट बाहिरिए पछि उनले  आइडलमञ्चमा अन्तिम पटक दिएका अभिव्यक्तिहरुको  सम्पादित अंश यस प्रकार रहेको छ 

  • शीर्ष चारसम्म पुग्नु नै ठूलो कुरो हो। पहिलो अडिसनमा आउँदा ममा निकै नर्भशनेस थियो। जज, दर्शक, परिवार, सहकर्मीहरुको मायाँले यहाँसम्म पुग्नु नै मेरो सफलता हो।
  • आफूलाई संगीत सिकाउँनेहरु सम्पुर्णलाई धन्यवाद दिन चाहान्छु। म आइडलमा आउँदा बच्चै जस्तो थिए। तर आइडलमा आएपछि मेरो परिचय फराकिलो बनेको छ।
  • फस्ट नै हुनुपर्छ जस्तो लाग्दैन मलाई। सम्बन्ध सवैभन्दा ठूलो कुरो हो। मलाई धेरैजनाले चिन्नु भा छ, मेरो लागि धेरै जनाले दुख पाउनु भएको छ।
  • सुरुमा त मेरो बाबा ममीले धेरै दुख पाउनुभएको छ। बुवाले जसलाई भेट्दा पनि नमस्ते मेरो छोरालाई भोट गरिदिनु है भन्दै हिड्नुहुदो रहेछ। बुवाले त्यस्तो गरेको देख्दा उहाँप्रति निकै मायाँ लाग्थ्यो। अर्कातिर उहाँहरुलाई सागरको बुवामुवा भनेर चिनाउन सक्दा धेरै खुशी लाग्छ।
  • देशभित्रबाट मात्रै हैन्, देशबाहिर पनि धेरै ठाँउहरुबाट सबैजनाले मलाई मायाँ गरिदिनु भएकाे छ। मलाई यहाँसम्म मायाँ गर्ने सम्पुर्णलाई धन्यवाद दिदै, प्रताप आइ लभ यू अनि निसान र  बुद्ध।

सलमानको नयाँ लुक्स बाहिरियो

 

सन् २०१२ को  सलमान खान अभिनित सुपरहिट फिल्म ‘एक था टाईगर’ को सिक्वेलको रुपमा प्रतिक्षित मानिएको चलचित्र ‘टाइगर जिन्दा है’ मा सलमानको अनुहार नदेखाईएको र उनले एउटा हातमा बन्दुको बोकेको नयाँ लुक्स बाहिरिएको छ ।

त्यसैलेपनि यस चलचित्रमा सलमानलाइ बिल्कुलै फरक भूमिकामा प्रस्तुत गरिएको अनुमान लगाउन सकिन्छ। चलचित्र ‘टाइगर जिन्दा है’ आगामी क्रिसमसमा रिलिज हुने तयारी भैरहेको छ ।

चलचित्र ‘फाटेको जुत्ता’ लाई दर्शकको साथ

काठमाडौं ।  गत शुक्रबार देखि अल नेपाल  रिलिज भएको कमेडी चलचित्र ‘फाटेको जुत्ता’ लाई दर्शकले मन पराएको देखिन्छ । सिंगल स्क्रिनसँगै मल्टिप्लेक्समा पनि शो पाएको यस चलचित्रले पहिलो दिन र दोस्रो दिनको  प्रदर्शनको आधारलाइ हेर्ने हो भने मल्टिप्लेक्समा भन्दा राजधानीका अधिकांश सिंगल हलहरूमा दर्शकको भिड देखियो ।

तराईको जनजीवन चित्रण गरेको यस चलचित्रका निर्माता अर्जुनकुमार रहेका छन् भने प्रस्तुति निकेश खड्काको रहेको छ ।

यस चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, दयाहाङ राई, वर्षा राउत, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

आफ्नो स्वास्थ्य र भिसाको कारणले चलचित्र छाडेकी हु : नायिका रेविका

काठमाडौं । केहि महिना अघि राजधानीको अन्नपुर्ण होटलमा मिलन चाम्सले निर्देशन गर्ने भनिएको चलचित्र ‘लिलिबिली’ को घोषणा गरिएको थियो । यस चलचित्रमा महँगो पारिश्रमिकमा अनुबन्धित भएका अहिलेका चर्चित नायक प्रदीप खड्कासहित दुई नायिका रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तर यसैबीच चलचित्रको बारेमा विभिन्न टिकाटिप्पणी भैरहदा चलचित्रकी दुई नायिका मध्यकी एक नायिका रेविका गुरुङले हालै आएर आफ्नो स्वास्थ्य र भिसाको कारणले आफूले यो चलचित्र छाड्ने  निर्णय गरेको औपचारिक रूपमा जानकारी दिएकी छिन् ।

उनले फेसबुकमा निर्देशक मिलन चाम्सलाई स्टाटस ट्याग गर्दै भनेकी छिन् – ‘म भन्न चाहन्छु कि फिल्म ‘लिलिबिली’ प्रोजेक्ट छाड्नु मेरो आफ्नो डिसिजन हो । यो फिल्मबाट म बाहिरिएपछि धेरै अफवाहहरू चले, तीमध्ये सबै सत्य छैनन् । मेरा सबै सहकर्मीहरूले मेरो स्वास्थ्य अवस्था सामान्य होस् भनेर प्रतिक्षा गर्नुभएको थियो र मेरो भिसा पनि अस्वीकृत हुनु एकै समयमा भयो । मेरो कारणले प्रोजेक्ट रोकिन सक्दैन, त्यसैले म आफंले यो निर्णय लिएकी थिएँ ।’

यस चलचित्रबाट रेविका हट्ने भएपछी उनको सट्टामा नायिका प्रियंका कार्की रहने कुरा चलिरहेको छ। निर्देशक मिलन चाम्ससहित, नायिका प्रियंका कार्की र नायक प्रदीप खड्का अहिले लण्डनमा छन् । साढे २ करोडको अनुमानित बजेटमा बन्ने यस् चलचित्रलाई गोविन्द खड्का र सुदीप शाहीले निर्माण गर्दैछन् भने चलचित्रको सुटिङ लण्डन र स्कटल्याण्डमा हुने  जनाइएको छ ।

चर्चाको शीखरमा नपाली सन्नी लियोनी

झापा दमक घर भई हाल मुम्बैमा बस्दै  आइरहेकी नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदिति बुढाथोकीलाई भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि अहिले उनको तुलना पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन सँग गरिँदैछ।

अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै नेपालमा अभिनेत्रीका रुपमा उदाएकी बुढाथोकी आफ्नो पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढ्दैछिन्।

यसअघी उनि भारतमा  म्यूजिक भिडियो र मोडलिङबाट विस्तारै चर्चामा आउँदै गर्दा उनले भारतका डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा आफ्नो अमिक छाप छाड्न सफल भैसकेकी छन्  ।

चलचित्र ‘लिलिबिली’को छायाँकन लण्डनमा सुरु

काठमाडौं ।  गोविन्द खड्का र सुदीप शाहीको निर्माण, मिलन चाम्सको निर्देशनर प्रदीप भारद्वाजको लेखेन रहेको चलचित्र ‘लिलिबिली’को छायाँकन लण्डनमा एक भव्य कार्यक्रमगरि गरिएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो ।

पहिले यस चलचित्रमा अभिनेत्री रेविका गुरुङलाइ लिने भनिएतापनि उनको आफ्नो स्वास्थ्य र भिसाको कारणले  गर्दा यो चलचित्र छाड्ने  निर्णय गरेपछि उनको सट्टा प्रियंका कार्कीलाई यस चलचित्रमा लिइएको हो  ।

निर्माता शाहीका अनुसार चलचित्रमा अहिले महँगो पारिश्रमिकमा अनुबन्धित भएका अहिलेका चर्चित नायक प्रदीप खड्का र अहिलेकी चर्चित नायिका प्रियंकाले  लण्डनका विभिन्न स्थानमा  अभिनय गरिरहेका छन् भने यसपछि छिट्टैनै स्कटल्याण्ड र ईङल्याण्डमा पनि यसको छायाँकन सुरु हुने बताइएको छ ।

साढे २ करोडको अनुमानित बजेटमा बन्ने यस् चलचित्र घोषणा भएको दिन देखिनै चर्चामा रहेको छ । चलचित्र आगामी चैत्र ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउँने छ ।

बलिउड अभिनेत्री कंगना घाइते

चलचित्र ‘मणिकर्णिका’को छायांकनको क्रममा बलिउड अभिनेत्री कंगना रनावत घोडाबाट लडेर घाइते भएकी छिन् । उक्त चलचित्रको एउटा दृश्यमा उनले  घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने थियो । यहि दृश्यको  अभिनय गर्ने क्रममा उनी घोडाबाट लडेकी थिइन् ।

उनलाई दुर्घटना लगत्तै उपचारका लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टरका अनुसार कंगनाले अब केही दिन हृवील चेयरको सहारामा मात्रै हिँडडुल गर्नुपर्ने र केही दिन आराम गर्नुपर्ने जनाइएको छ  । कंगना घाइते भएपछि चलचित्रको छायांकन प्रभावित भएको छ ।

अस्ट्रेलियाको समुन्द्री तटमा ‘टु पिस’ मा रमाउदै नायिका साम्राज्ञी

अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिखेर अस्ट्रेलियामा आफु अभिनित चलचित्र  ‘ए मेरो हजुर-२’को प्रदर्शनका लागि व्यस्त रहेकीछन् ।

यसैक्रममा अस्ट्रेलियामा रहिरहदा नायिका साम्राज्ञीको समुन्द्री तटमा ‘टु पिस’ लगाएर खिचिएको फोटोले अहिले निकै चर्चा र परिचर्चा कमाइरहेको छ  । फोटोमा उनी निकै हट देखिएकी छन् ।

श्वेताको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहेको चलचित्र कान्छीको ट्रेलर सार्वजनिक भएको छ ।

फाल्गुन ४ गतेबाट देशैभर रिलिजको तयारीमा रहेको चलचित्र कान्छीको निर्देशक आकाश अधिकारी हुन् भने  यस चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्काले आफैले  गरेकी छिन ।

यस चलचित्रको   अन्य कलाकारहरुमा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया,  प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ ,आशान्त शर्मा आदि रहेका छन्।

यसै चलचित्रको ‘चरी चट्ट परि’ बोलको एक गित अहिले दर्शकहरुबाट अत्याधिक मनपराइएको छ । यो गीत अहिलेसम्म युटुबमा नब्बे लाख भन्दा धेरै  हेरिएको छ ।

चन्द्रागिरीमा बिहानै देखि हिउँ पर्यो

काठमाडौं । आज देशैभर अचानक मौसममा आएको एका-एक परिवर्तनसंगै भएको वर्षाले देशका धेरैजसो उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

राजधानी  काठमाडौंमा समुन्द्री सतहबाट २ ५ सय ५१ मिटरको उचाईमा रहेको चन्द्रागिरीमा पनि बिहानै देखि हिउँ परेको छ । केबलकारबाट चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न तथा काठमाडौं उपत्यका अवलोकन गर्न पुगेकाहरु अहिले यतिखेर हिउँमा रमाइरहेका छन् ।

यसबाहेक आज मौसममा आएको परिवर्तनले गर्दा देशका विभिन्न उच्च हिमाली क्षेत्र जस्तै दोलखा जिल्लाको कालिञ्चोक क्षेत्र ,मुस्ताङ,मनाङ, रसुवा, गोरखा र सिन्धुपाल्चोकको  हिमाली भेगमापनि बाक्लो हिमपात भइरहेको छ ।

विवादित चलचित्र पद्मावत आज बाट रिलिज

विवादका कारण रिलिज मिति सर्दै आएको बलिउड चलचित्र पद्मावत आज बिहिबार बाट रिलिज भएको छ । अभिनेता रणवीर सिंह, साहिद कपूर र अभिनेत्री दीपिका पादुकोनको मुख्य भूमिका रहेको चलचित्र पद्मावतका निर्देशक संजयलिला भन्साली हुन् । रानी पद्मावतीको कथामा आधारित यस चलचित्र २ सय करोड भन्दा बडी लागतमा बनेको  यस चलचित्रका निर्माताले बताएका छन्।

पद्मावतको रिलीज हुनुभन्दा अगाडि भारतका केही ठाउँहरुमा सुरक्षा व्यवस्था कडा गरिएको छ। चलचित्रमा एक हिन्दु रानी र एक मुसलमान राजाको बीचमा रोमान्स चित्रण गरिएको भन्दै राजपुत कर्नी सेना नाम गरेको संगठनले बिरोध गर्दै आएको छ। कर्नी सेनाले चलचित्रका कलाकार र निर्देशकलाई हातखुट्टा भाच्दिने र ज्यान मार्ने सम्मको धम्कि दिएका थिए।बिरोधको कारण चलचित्र पद्मावतको रिलिज मिति २ महिना पछि सरेको हो।