ग्रैमी अवार्ड सम्पन्न, ६ अवार्ड गाएक ब्रुनो मार्सको हातमा

अन्तर्राष्ट्रिय संगीत जगतको सबैभन्दा चर्चित अवार्ड शो ग्रैमी अवार्ड २०१८  आइतबार समापन भएको छ। न्युयोर्क सहरमा सम्पन्न भएको ६०औ ग्रैमी अवार्डमा सबै भन्दा धेरै विधामा गाएक ब्रुनो मार्सले अवार्ड जित्न सफल भएका छन् ।

ब्रुनो मार्सले वर्षको उत्कृष्ट गीत, रेकर्ड, एल्बम, , आर एंड बि एल्बम, गरि ६ वटा अवार्ड हात पारेका छन् । उनले ‘२४ क्यारेट म्याजिक’ बाट  उत्कृष्ट एल्बम तथा उत्कृष्ट रेकर्ड  को अवार्ड पाउन सफल भएका थिए ।

त्यसैगरी एलिसा काराले उत्कृष्ट नव गायिकाको अवार्ड जित्न सफल भईन । त्यस्तै चर्चित गीत ‘सेप ओफ यु’ बाट गाएक इद शेरेनले  उत्कृष्ट एकल पप गाएकको अवार्ड जित्न सफल भएका छन् । ८४ विधामा अवार्ड दिईएको यस अवार्ड शोमा विभिन्न चर्चित गाएक गायिकाको सांगीतिक प्रस्तुति समेत रहेको थियो

अभिनेता रणवीर सिंहले पहिलोपटक दीपिकाको बारेमा बोलेका छन्

बलिउड अभिनेता रणवीर सिंहले पहिलो पटक अभिनेत्री दीपिका पादुकोणसँगको आफ्नो सम्बन्ध बारे खुलेर बोलेका छन् ।रणवीर सिंह र दीपिका धेरै कार्यक्रमहरुमा सँगै देखीएको र उनीहरु बिच प्रेम सम्बन्ध रहेको अड्कल बाजी काटिंदै आएकोमा हाल रणवीर सिंह स्वयंमले यो कुरा स्विकार गरेका छन् । उनले भारतीय टेलिभिजनको एक कार्यक्रममा बोल्दै दीपिकाको साथले आफु निकै खुशी भएको र दुई बिच मायाको सम्बन्ध भएको स्वीकार गरेका छन् ।

उनले भनेका छन् ‘यो सम्बन्ध आपसी माया जस्तो हो । उनलाई आफ्नो जीवनमा पाएर मलाई धेरै रमाइलो महसुस हुन्छ ।’ उनले थपे ‘म दीपिकालाई अभिनयको मामलामा निकै अगाडि राख्छु, तर उनी आफूलाई त्यति अगाडि नरहेको बताउँछिन् । एक कलाकारको हिसाबले मैले उनीबाट सिक्नुपर्ने धेरै कुरा छन् । ’

त्यस्तै रणवरिले दीपिकासँगै काम गरेका ‘बाजीराव मस्तानी ’, ‘रामलीला ’ र ‘पद्मावत’ जस्ता फिल्मले दुवैबीचको सम्बन्ध सुमधुर बनाएको स्वीकार गरेका छन् ।केहि समय अघि मात्र प्रदर्शनमा आएको यी दुई कलाकारको अभिनय रहेको फिल्म ‘पद्मावत’ले बक्स् अफिस हिट गरेको थियो ।

बहु प्रतिक्षित नेपाली चलचित्र ’लिलिबिली’ को ३ वटा पोस्टर सार्वजनिक

अहिलेका चर्चित नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ द्वारा अभिनित यस वर्षको अन्तिम बहु प्रतिक्षित नेपाली चलचित्र ’लिलिबिली’ को ३ वटा पोस्टर सार्वजनिक गरिएको छ ।

यहि चैत ३० गते देखि अल नेपाल पर्दर्शन हुन गैरहेको यस चलचित्रका दुई गीत यस  अघिनै सार्वजनिक भैसकेका छन् र यी गीत दर्शकहरुले अत्याधिक मन परिसकेका  छन् ।

गीत–संगीत, मल्टीस्टार, निर्देशक तथा गतिलो निर्माण टिमका कारण ’लिलिबिली’ सबैको प्रतिक्षामा छ ।

मैतीदेवी मन्दिरमा पूजाआजा गरि चलचित्र ‘नाई नभन्नु ल ५’ को शुभारम्भ

काठमाडौं । यहि चैत १२ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘नाई नभन्नु ल ५’ को हिजो शनिवार मैतीदेवी मन्दिरमा पूजा गरेर चलचित्रको  शुभारम्भ गरिएको छ ।

यस चलचित्रमा बिकास आचार्यको निर्देशन र सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहने जनाइएको छ ।

यसैगरी चलचित्रमा नव–नायक अभिषेक नेपाल र नायिका स्वस्तिमा खड्का संगै चर्चित कलाकारहरु प्रियका कार्की, दिलिप रायामाझी, केकी अधिकारी, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसी, बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भुमिका रहनेछ ।

‘बाघी २’ हेरिदिन नेपाली दर्शकलाई बलिउड अभिनेता टाइगर श्राफको आग्रह

 

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको अभिनय रहेको फिल्म ‘बागी २’ यही शुक्रबारदेखि संसार भरबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।

नेपालीहरुको नयाँवर्ष २०७५ नजिकिए संगै नेपाली दर्शकलाई अभिनेता श्राफ र अभिनेत्री पटानीले शुभकामना व्यक्त गर्दै सयभन्दा बढी नेपाली पर्दाबाट रिलिज हुन लागेको आफ्नो फुलयाक्सन फिल्म ‘बाघी २’ हेरिदिन सम्पूर्ण नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

‘बाघी २’ केहि समय अघि हिट भएको टाइगर श्रफको हिन्दि चलचित्र ‘बागी’को दोसो सिरिज हो ।

साउदी अरबका लागि नेपाली राजदूत प्रो.डा.सिंह र शिक्षामन्त्री डा.मोहमदबीच भेटवार्ता

साउदी अरबका लागि नेपाली राजदूत रहेका  प्रो.डा. महेन्द्र सिंह राजपुतले हिजो  साउदी अरबका बर्तमान शिक्षामन्त्री रहेका डा.अहमद मोहमदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

यी दुईबीच भएको भेटलाई  निकै अर्थपूर्ण रुपमा लिन सकिन्छ । यो भेटको  अवसरमा यी दुईबीच शिक्षा क्षेत्रमा भएका उपलब्धि, शिक्षाक्षेत्रमा दुई देश बिच गर्न सकिने प्रयास र सम्भाव्यता माथि सकारात्मक छलफल  भएको बुझिएको छ ।

अन्तरदेशिय विज्ञानका आविश्कार लगायत सूचना तथा संचार क्षेत्रका उपलब्धिहरुलाई नेपाल र साउदी अरवबीच अन्तरसम्बन्धित गराउँदै साझेदारी रुपमा अघि बढ्ने समझदारी भएको छ ।

फिल्मफेयर अवार्ड २०१८ को उत्कृष्ट अभिनेताको उपाधि इरफान खानले हात पारे

बलिउडको चर्चित अवार्ड मध्यको ६३औ जियो फिल्मफेयर अवार्डको कार्यक्रम  २०१८  मुम्बईमा समापन भएको छ । बलिउड कलाकारको उत्साहजनक सहभागिता रहेको उक्त अवार्ड कार्यक्रमका होस्ट बलिउडस्टार शाहरुख खान र करण जोहर रहेका थिए ।

अवार्ड सहित विभिन्न बलिउड कलाकारहरुको प्रस्तुति रहेको उक्त अवार्ड कार्यक्रमको यसवर्षको उत्कृष्ट  चलचित्र भने ‘हिन्दि मेडियम’ नामक फिल्मले जित्न सफल रहयो । इरफान खान अभिनेता रहेको उक्त फिल्म बाट उनले पनि उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए ।

त्यस्तै उत्कृष्ट अभिनेत्रि तर्फ विद्या बालनले ‘तुम्हारी सुलु’ नामक फिल्म बाट अवार्ड जित्न सफल भइन्। उत्कृष्ट निर्देशक भने ‘बरेली कि बर्फी’ नामक फिल्म बाट आश्विनी तिवारीले हात परेकी छन् । सोहि फिल्म बाट राजकुमार रावले उत्कृष्ट सहअभिनेताको अवार्ड जित्न सफल भएका छन् ।

पन्ध्र सीरिया शरणार्थीको मृत्यु

सीरियाबाट भागेर लेबनान छिर्ने क्रममा सीरिया र लेबनान बिचको पाहाडी सीमामा हिउमा पुरिएर पन्ध्र सीरिया शरणार्थीहरुको मृत्यु भएको छ । मृत्यु हुने सीरिया शरणार्थीहरु मध्य १३ जनाको लास शुक्रबार र अन्य दुइको शनिबार भेटिएको छ।

खोजतलासको क्रममा लेबनानको सुरक्षा अधिकारीहरूले  सीरिया शरणार्थीहरुलाई सिमाना पार गर्न सहयोग गर्ने २ जना तस्करहरूलाई पक्राउ गरेको छ । अत्यन्तै जोखिम मार्ग रहेको उक्त सिमाना पार गर्ने धेरै शरणार्थिलाई उद्धार गरिएको त्यहाका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

लेबनानमा २०११ पछि मात्रै १० लाख सीरिया शरणार्थीहरु भित्रिएका छन्।

समस्यामा परेका नपाली कामदारका लागि चौमासिक रुपमा १००० रियाल सहयोग गर्ने प्रतिबद्धता : राजदूत प्रो.डा.सिंह

साउदी अरबका लागि नेपाली राजदूतावासका प्रमुख महामहिम राजदूत प्रो. डा. महेन्द्र सिंह राजपुतको विशेष उपस्थितिमा अरबको पूर्वी क्षेत्र स्थित एस. ओ. एस कम्पनीको सभाहलमा एक दिने साक्षात्कार तथा अन्तरक्रिया सहित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बदर अल खलिज हस्पिटलका चिकित्सकद्धारा गरिएको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा करिब १ सय ५० भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराइ लाभ लिएका थिए ।

उक्त कार्यक्रममा महामहिम राजदूत संगै उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव विजय रावत, गैर आवासिय संघ, साउदी अरबका अध्यक्ष नारायण पासवानको समेत उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा  मध्यपूर्वी क्षेत्रकी महिला संयोजक याश्मिन सैयद, वरिष्ठ पत्रकार महेश श्रेष्ठ, वदर अल खलिज हस्पिटलका चिकित्सक डा महम्मद अब्दुल खलिद लगायतको आतित्थ्यमा भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्था तथा पीडित श्रमिकहरुले आ-आफ्ना समस्या दूतावासका अधिकारीलाई जस्ताको तस्तै जानकारी गराएका थिए । दूतावासका अधिकारीहरुले नेपाली श्रमिकमा पर्न गएको समस्यालाई छिटो भन्दा छिटो समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दम्माम र जुवेल क्षेत्रका श्रमिकहरुके उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा राजदूत सिंहले साउदी अरबमा जेल जीवन बिताईरहेका प्रेम राईको रिहाईको लागि जिफन्ट साउदी अरबद्धारा प्रेम राई बचाऊ अभियान सञ्चालन गरेको जानकारी दिएका थिए । साउदी अरब स्थित नेपाली राजदूत सिंहले प्रेम राई उद्धारको लागि एकहजार रियाल अर्थात रू २७००० र अन्य दुई जना अशक्त नेपाली कामदारको परिवारलाई प्रति परिवार साउदी रियाल ५०० हस्तान्तरण गरेका थिए । राजदूत सिंहले साउदीमा आफू रहुन्जेल ठूलो समस्यामा परेका नेपाली कामदारका लागि बर्षेनि ८१ हजार सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा दूतावासद्धारा ७ महिने कार्य सम्पादनको प्रतिवेदन समेत प्रस्तुत गरेको थियो ।

प्रस्तुत कार्य सम्पादन यस अनुसार रहेको छ :-

कामदारको गुनासो संवोधन–१,९७५

सेल्टरमा ल्याई उद्धार गरिएका वा नेपाल पठाईएका–३५

शव ब्यवस्थापन–१२४

माग प्रमाणिकरण– २,०१४

राहदानी वितरण–७१२ भिसा–१७१वारेसनामा–७२

चालक अनुमति पत्र अनुवाद र प्रमाणिकरण–९३

विदामा गई पुन काममा फर्कने सिफारिस पत्र –५७८

क्षतिपूर्ति तथा बिमा रकम–साउदी रियाल १६,३७,४४८.९८ब्लड मनीको मुद्धा फाइल–६२

कागजात प्रमाणिकरण–३०७यात्रा अनुमति पत्र–१२६४ आदि रहेको प्रतिवेदनमा उल्लेख छ ।

गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनरेभा पन्जाबासँग अनुवन्धित

नेपाली राष्ट्रिय टोलीका नम्बर वान गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनरेभा पन्जाबासँग अनुवन्धित भएका छन् ।

मिनरेभा हाल  भारतीय हिरो आई लिगमा  २२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लिगमा अब मात्र ९ खेल खेल्न बाँकी रहेको अवस्थामा क्लबले उपाधि होडलाई अझ मजबुत बनाउनको लागि भन्दै नेपाली राष्ट्रिय टोलीका गोलकिपरलाइ अनुवन्धित गरिएको जनाएको  छ ।

यस अघि माल्दिभ्सका टिसी स्पोर्ट्स क्लबबाट खेलिरहेका चेम्जोङ घरेलु फुटबलमा मछिन्द्र, थ्री स्टार हुदै लामो समय सम्म  मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।

रारा गोल्डकपमा धरान ३-० ले विजय

पोखरामा जारी १६औ रारा गोल्डकप अन्तर्गत आज भएको धरान फुटबल क्लव र सिक्किम युनाइटेड बिचको खेलमा धरान फुटबल क्लव विजय भएको छ ।

रोमन लिम्बु(६२’) ,सौजन लिम्बु­(६३’) र धिरेन लिम्बु(७५’)ले गरेको ३ गोलको मद्धतले धरान फुटबल क्लवले सिक्किम युनाइटेडलाई ३-० ले पराजित गरेको छ । जित संगै धरान फुटबल क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यसअघि प्रतियोगिताको पहिलो तथा उद्घाटन खेलमा हिजो आयोजक सहारा क्लबलाई ३ गोलले हराउँदै सुदूरपश्चिम ११ ले विजयी शुरुवात गरेको थियो।

रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो

रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनल बाट बाहिरेको छ । स्पेनिस कोपा डेल रे अन्तर्गत गए राती भएको रियल म्याड्रिड र लेगानेस बीचको क्वाटरफाइनल खेलको दोस्रो लेगमा  रियल म्याड्रिड लेगानेसबाट २-१ ले पराजित भएको छ । समग्रमा दुइ लेग बाट २-२ गोलले दुवै टिमबीच बराबरी भए पनि लेगानेसको अवे गोलले रियल म्याड्रिड बाहिरिएको हो ।

आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल म्याड्रिड तर्फ बाट करिम  बेन्जमाले एक गोल गरेका थिए भने लेगानेसको तर्फ बाट इरासो र ग्याब्रिल पाइरेसले एक/एक गोल गरेका थिए । यस अघी भएको पहिलो लेगमा रियल म्याड्रिडले लेगानेसलाई उसकै घरेलु मैदानमा १-० ले हराएको थियो ।

अब कोपा डेल रेको अर्को क्वाटरफाइनल खेलमा नेपाली समय अनुसार भोलि बिहान २ बजेर १५ मिनेटमा लालिगाको आग्र्स्थानमा रहेको बार्सिलोना र इस्पानियोल भिडने छन् ।

सन्दिपलाई बधाई दिनेहरुको ओइरो

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली डेयरडेवल्स क्लबमा अनुबन्दित भएपछि उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

प्रधानमन्त्री देउवा देखि लिएर अन्य वरिष्ठ नेता, कलाकार , राष्ट्रिय खेलाडी तथा उनका सम्पूर्ण शुभचिन्तकहरुले सन्दिपलाई आईपीएलमा छनौट भएकोमा बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले ट्विटर मार्फत सन्दिपलाई ‘मैले मात्र नभएर पुरै राष्ट्रले नै गर्व गरिरहेको र सन्दिपलाई सुखद यात्राको शुभकामना’ भन्दै बधाई दिएका थिए ।

आईपीएल को अक्सनमा परेका सन्दिपलाई अक्सनको दोस्रो दिन आइतवार दिल्ली डेयरडेवल्स क्लबले  न्यूनतम मूल्य २० लाख भारतीय रुपैयामा किनेको थियो । अब उनले गौतम गम्भीर, ग्लेन मेक्स्वेल, अमित मिश्रा, ज्यासन रोय जस्ता चर्चित क्रिकेटका हस्तीहरु संग एउटै क्लबबाट खेल्ने मौका पाउने भएका छन्।

दिल्ली डेयरडेवल्स क्लबले आफ्नो अफिसियल ट्विटर मार्फत १७ वर्षीय नेपाली स्पिनर सन्दिपलाई आफ्नो क्लबमा भित्राउन पाउनु खुसीको कुरा भएको बताएको छ।त्यस्तै राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुले पनि सन्दिपलाई बधाई दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको भन्दै सन्दिपलाई बधाई दिएका छन्। अस्ट्रेलियन खेलाडी माइकल क्लार्कले सन्दिप आईपीएलमा छनौट भएकोमा सुखत खबर भन्दै ट्विटर मार्फत सन्दिपलाई बधाई दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो अभ्यास खेलमा फराकिलो जीत

विश्व क्रिकेट लिग डिभिजन–२ को प्रशिक्षणका लागि यूएईमा रहेको नेपाली क्रिकेट टोलीले त्यहाको घरेलु टोलि संग खेलेको दोस्रो अभ्यास खेलमा जीत हात पारेको छ ।

पहिले ब्याटिंग गर्न उत्रेको नेपाली टोलीले ५० ओवरमा ५ विकेट गुमाई ३ सय ३३ रन बनाउन सफल भएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सतकीय पारि खेलेका थिए । उनले १३१ बलमा १५४ रन बनाएका थिए भने दिलीप नाथसँग मिलेर पहिलो विकेटको लागि १ सय ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। ब्याटिंग गर्ने क्रममा दिलीप नाथले ६४, दीपेन्द्रसिंह ऐरीले ३४ , आरिफ शेख ४१ रनको योगदान दिएका थिए।

३ सय ३४ रनको लक्ष्य पाएको युएइ १ सय ४० रनमा अलआउट भएको थियो । युएइको तर्फ बाट सबै भन्दा धेरै महम्मद कसीमले ४४ रन जोड्न सफल भएका थिए भने अन्य ब्याटसम्यानले खासै रन जोड्न सकेनन्। नेपालको तर्फ बाट सन्दिप लामिछानेले ४ विकेट लिएका थिए।

यसअघी भएको पहिलो अभ्यास खेलमा पनि नेपालले जित दर्ता गरेको थियो । युएइ ‘ए’ संग ३ अभ्यास खेल खेल्न युएइ गएको नेपाल अब आफ्नो अन्तिम अभ्यास खेल पछि त्यतै बाट विश्व क्रिकेट लिग डिभिजन–२ खेल्न नामिबिया जानेछ।

बार्सिलोनाको सानदार जीत

स्पेनिस कोपा डेल रे अन्तर्गत गए राती भएको बार्सिलोना र भ्यालेन्सिया बीचको सेमिफाइनल खेलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोलले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको तर्फ बाट एक मात्र गोल लुइस स्वरेजले ६७औ मिनेटमा हेडमार्फत गरेका थिए। यस अघी भएको लेगानेस र सेभिल्ला बिचको अर्को सेमिफाइनल खेल १-१ को बराबरीमा रोकिएको थियो।