बौद्धनाथ स्तुपा विरुप बनाउनेलाई कारबाही हुनुपर्छ : माननीय पवित्रा निरौला सभापति अन्तर्राष्ट्रिय सम्बन्ध समिति

पुरातात्विक सम्पदाहरुको संरक्षणमा मद्दत पुगोस् भन्ने उदेश्यले सञ्चार केन्द्र नेपालले आज शुक्रबार ‘पुरातात्विक सम्पदाको संरक्षणमा राज्यको भूमिका’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौलाले नेपाल विश्वसामु सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण विश्सामु चिनिएकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका बौद्ध, भक्तपुर दरबार स्वायर, पशुपतिनाथ लगायतका सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण नेपाल विश्वसामु चिनिएको बताउनुहुँदै उहाँले भन्नुभयो –‘हाम्रो पहिचान राख्ने यी सम्पदाहरुलाई जोगाउने कर्तव्य हामी सबैको हो ।’ उहाँले ०७२ साल बैशाख १२ गते आएको महाप्रलयकारी भूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण हाम्रो देशभित्र रहेका हजारौं सम्पदाहरु क्षतिग्रस्त भएकाले हाल मुलुकले त्यस्ता सम्पदाहरुको पुर्ननिर्माणका लागि राज्यको बजेट खर्च गरेर पुर्ननिर्माण गरिरहेको बताउनुभयो । नेपालको पहिचान नै धार्मिक र सांस्कृतिक सम्पदाहरु भएकाले यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न हामी सबै नेपालीहरु लाग्नुपर्ने उहाँको तर्क थियो । उहाँले बौद्धनाथ स्तुपा विरुप बनाउने प्रयास थालिएको भन्ने जानकारी पाउँदा दुखी भएको बताउँदै यस्ता विरुप बनाउने तत्वहरुलाई सरकारले कारबाही गर्नुपर्ने र विश्व सम्पदा बचाउनका निम्ति सबै जना लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले पुरातत्व विभागले आफ्नो कार्यहरुलाई तिव्रताका साथ अगाडि बढाएको जानकारी गराउनुभयो । १ सय वर्ष नाघेका सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको खोजी गरी त्यसको संरक्षण गर्ने कर्तव्य विभागको भएकाले त्यस्ता कार्यहरुलाई अगाडि बढाएको जानकारी गराउँदै युनेस्कोले नेपालका थप १५ वटा सम्भाव्य स्थलहरु सूचीकृत गर्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए । त्यसैगरी विभागले भुकम्पबाट क्षतिग्रस्त भएका ७ सय ५३ वटा सम्पदाहरुको पुननिर्माण हुनुपर्नेमा २७ प्रतिशत पूर्ण रुपमा सम्पन्न भईसकेको, ३२ प्रतिशत सम्पन्न हुने क्रममा र बाँकी केही वर्षभित्रै सम्पन्न गर्ने बताउनुभयो । विश्वसम्पदाको सूचीमा रहेको बौद्धनाथको विषयमा गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गर्ने कुरामा आफूँ प्रतिवद्ध रहेको बताउनुभयो ।

बौद्धनाथ स्तुपाको स्वरुप विगार्ने घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको दादागिरीविरुद्ध विभिन्न संघसंस्थाहरुको चर्को विरोध


बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपामा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भूपतिबज्र लामाको दादागिरी मच्चाएको बुझिएको छ । लामाले पुरातत्व विभाग र क्षेत्र विकास समितिको कुनै स्वीकृति नै नलिई बौद्ध स्तूपामा ड्रिल मेसिन प्रयोग गरी प्वाल खोपी स्तुपालाई कुरुप बनाई सम्पदालाई अतुलनीय क्षति पु¥याई अध्यक्ष लामाले उनले मनोमानी ढँगले विदेशी नागरिकहरुलाई समेत चलखेल गर्न दिई बौद्ध सम्पदा र नेपालको अस्तित्वमाथि प्रहार गरेको बौद्धनाथ क्षेत्र विकास समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी विज्ञप्तिमा अध्यक्ष लामाले आफूँ स्वयम् गुरु पद्मसम्भव गुरु रिन्पोछेको जिवित अवतार भएको भनि झुठासमाचार प्रचार प्रसार गरी आर्थिक लाभ लिने गरेको तर २०७२ सालको महाभूकम्पबाट क्ष्ाितग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण समितिले गरेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी विज्ञप्तिमा सम्पूर्ण स्वदेशी तथा विदेशी अनुयायी, भक्तजनहरु तथा दाताहरुलाई अध्यक्ष लामाको भ्रममा नपर्न अनुरोध समेत विज्ञप्तिपत्रमा उल्लेख गरिएको छ ।
नेपाल बौद्ध महासंघले समेत बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार ७ गते गुठी संस्थानद्वारा नियुक्त चिनियाँ लामा भूपति बज्र लामाले नियुक्ति भएको दिनदेखि नै बौद्धनाथ चैत्यप्रति आस्था राख्ने बौद्ध धर्मावलम्बीहरुलाई प्रत्यक्ष असर पर्ने गरी अशोभनीय कार्यहरु गर्दै आएको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाको भनाई छ । अध्यक्ष शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘भूपति बज्र लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य परिसरलाई निजी सम्पत्ति सरह एकाधिकार जमाई देश विदेशका बौद्ध धर्मावलम्बीहरुले बौद्ध परम्पराअनुसार बौद्धनाथ परिसरमा विभिन्न बौद्ध धर्मावलम्बी गोन्पा, संघ संस्थाहरुले पुजा आयोजना गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अनावश्यक विघ्नबाधा गरी पुजा गर्नलाई बञ्चित गर्दै आफूलाई गुरु रिन्पोछे (आचार्य पद्मसम्भव)को औतारी भनि ठग्दै आएको छ ।’
कार्यक्रममा तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले वि.सं. २०४३ सालदेखि प्रचलित मूल्य मान्यता विपरित चिनियाँ लामा÷पुजारीको नियुक्ति गुठी संस्थानबाट हुँदै आएको जानकारी दिए । हालको चिनियाँ लामा एवं पुजारी भुपतिले बौद्ध स्तुपा विश्व सम्पदा नै मेरो हो भनि दाबी तथा सोही अनुरुप तालुक कार्यलय पुरातत्व विभाग र गुठी संस्थान समेतको आदेशलाई पनि वेवास्ता गरी स्वेच्छाचारी ढँगले सञ्चालन गर्दै निजले काम गर्दै आएको जानकारी दिए । उनले एक विज्ञप्ति नै जारी गरेर बौद्धनाथ चैत्य गुम्वाका पुजारी तथा बौद्ध घ्याङ गुठीका अध्यक्ष भूपतिबज्र लामाप्रति २० बुँदे असहमतिसहित गुठीका अध्यक्ष खड्गजित लामाले विज्ञप्ति जारी गरेका छन् ।
कार्यक्रममा अर्का वक्ता लुम्बिनी विश्व विद्यालयका पूर्वमाननीय सदस्य एवं मेलम्ची घ्याङ गुठीका कार्यवाहक अध्यक्ष पासाङ तेम्वा लामाले बौद्धनाथ स्तुपालाई कुरुप बनाउने नक्कली रिन्पोछे भूपतिलाई कारबाही नगरे बौद्धबासीहरु आन्दोलित हुने र आन्दोलनको नेतृत्व आफूँले गर्ने बताउनुभयो । बेलैमा यसतर्फ ध्यान नदिए आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् हुने कुरासमेत कार्यवहाक अध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामालगायत बौद्ध क्षेत्रका विशिष्ट व्यक्तित्व, उल्लेख्य मात्रामा पुरातत्वविद्हरुसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

बधाई तथा शुभकामना


कार्यक्रममा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति जस्तो गरिमामय समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएकोमा सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनुहुँदै खादा ओढाएर सम्मान गर्नुभयो । त्यसैगरी सरकारले पुरातत्व विभागको महानिर्देशक जस्तो महत्वपूर्ण जिम्मेवारी दिएका दामोदर गौतमलाई समेत सफलताको लागि बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।
त्यस्तै बालबच्चाको संरक्षण र पुरतत्व क्षेत्रको संरक्षणमा काम गरेका समाजसेवी ज्ञानबहादुर लामालाई उहाँले गरेको कामको उच्च मूल्यांकनसहित खादा ओढाएर प्रमुख अतिथि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौला खरेलले सम्मान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दुर्गा चौलागाईंले गर्नुभएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे सचिवमा बढुवा

काठमाडौं–  हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय नीति महाशाखाका सहसचिव दिनेशकुमार घिमिरेलाइ सचिवमा बढुवा गरेको छ ।

२०५२ साल जेठ १४ गते जलस्रोत मन्त्रालयमा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका घिमिरे विगत ३ वर्ष देखि जलस्रोत तथा सिचाइ मन्त्रालय नीति महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सचिवमा बढुवा भएपछि उनलाई सोही मन्त्रालयमा पदस्थापन गरिएको भनिएतापनि उनले अहिले सम्म पदस्थापनको पत्र भने पाइसकेका छैनन् ।

घिमिरेले सेवा प्रवेश गरे लगत्तै शुरुमा सुनसरी-मोरङ सिचाइ आयोजना अन्तर्गत चतरा जलविद्युत केन्द्रमा करिब ४ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

यसैबीच उनि भारतको रुड्की विश्वविद्यालयमा स्नातकोत्तरतहको अध्ययन पुरा गर्न त्यसतर्फ लागे । उनि २०५९ मा अध्ययन पूरा गरि फर्केपछी ७ वर्ष मन्त्रालयमै काम गरे र २०६१ सालमा उनी राजपत्रांकित द्वित्तीय श्रेणी अर्थात् उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) मा बढुवा पनि भए ।

योसँगै घिमिरे २०६६ सालमा सुपरिटेन्डेन्ड इन्जिनियर अर्थात् सहसचिवमा बढुवा भएका थिए । उनले विद्युत विकास विभागमा करिब ६ वर्ष काम गरि लगभग १५ महिना महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए ।

ऊर्जा तथा जलविद्युतका नीतिगत विषयमा गहिरो दख्खल भएका घिमिरे पछिल्लो समय मन्त्रालयबाट हुने कार्यसम्पादनमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रधानमन्त्री द्वारा गिरीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज मंगलबार विहान ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नो  निवासमा निधन भएको छ ।

निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्  ’पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ। यस दुखद घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’।

त्यसैगरी राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले पनि    शोक विज्ञप्ति जारि गर्दै  मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

राप्रपाका तर्फबाट अध्यक्ष कमल थापा,एकिकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले गिरीको निधनप्रति समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेका छन्   ।

उनको पार्थिव शरीरलाइ आज अन्तिम श्रदाञ्जलीका लागि उनको आफ्नै निवासमै राखिने जानकारी गराइएको छ ।

 

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या कटौती गर्ने निर्णय गरेको छ ।

काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या कटौती गर्ने  निर्णय गरेको छ ।

बैठकले सदस्य संख्या ४७ बाट झारेर २८ ल्याइपुर्याउने निर्णय गरे संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा त्यसअघि २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय बढाएर ४६ सदस्यीय पुर्‍याइएको थियो ।

प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि तल्लो स्तर सम्मका सदस्य राखिने हुनाले  तलब भत्ता, इन्धन, सञ्चार लगायतका सुविधा दिँदा राज्यको ढुकुटीबाट  करोडौं रुपैया खर्च हुने गरेको थियो ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार बैठकले सरकारलाई विभिन्न विषयमा सुझाव दिन पाँच वटा समिति बनाउने निर्णय गरेको जानकारी गराए

। जसमा आर्थिक तथा पूर्वाधार समिति सामाजिक समिति, राजनीतिक समिति, प्रशासन समिति र विधेयक समिति रहेका छन् ।