शुलभ अग्रवाल विरुद्ध चारमुद्दा चलाउन सिफारिसः साढे ४ वर्ष सम्म कैद हुन सक्ने

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी परिषद् काठमाडौँले चार वटा मुद्दा चलाउन सिफारिस गरेको हो ।


सिफारिसमा अग्रवाललाई कालोबजार तथा कही अन्य सामाजिक अपराध तथा सजाय ऐन,२०३२ अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृतिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।


यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।
अग्रवाल थर्मल गन र केही स्वास्थ्य सामाग्रीसहित चैत २५ गते पक्राउ परेका हुन् ।

क्वारेन्टाइनमा बसेका ११२ नेपाली फिर्ता, १५४ भारतीय गए आफनो देश

बुटवल । रुपन्देहीको भैरहवा–सुनौली नाकामा भारतीय पक्षले स्थापना गरेको क्वारेन्टाइनमा २५ दिन बसेका एक सय १२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । यसअघि पनि एक सय दुई जनालाई नेपाल ल्याइएको थियो । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए ।

अर्घाखाँची, गुल्मी, पाल्पा लगायत जिल्लाका एक सय १२ जना नेपाल फर्केको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए । आरडीटी परीक्षण गरेर मात्रै उनीहरुलाई मुलुक प्रवेश गराइएको हो ।

भारतको क्वारेन्टाइनमा रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बागलुङ, स्याङ्जा, जाजरकोट, खोटाङ, बाँके, मोरङ, सुनसरी र पूर्वी नवलपरासी गरी १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।

यसैगरी, नेपालतर्फको क्वारेन्टाइनमा बसेका एक सय ५४ जना भारतीयलाई पनि उनीहरूकै देश पठाइएको छ । उनीहरू भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा २५ दिन बसेर भारत फर्किएका हुन् ।

पूर्व आईजीपी सहित दुई जना सांसदविरुद्ध अपहरणको मुद्दा हाल्न जसपाका नेता प्रहरीकोमा

काठमाडौँ । पूर्व आईजीपी सर्वेन्द्र खनाल सहित दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)का नेताहरू महानगरीय प्रहरी परिसर पुगेका छन् ।

केही दिनअघि तत्कालीन समाजवादी पार्टीका नेता सुरेन्द्र यादवलाई खनाल सहित सांसदद्वय बस्नेत र श्रेष्ठले रौतहटस्थित यादवको निवास पुगी उनलाई गाडीमा बसाई जबर्जस्ती काठमाडौँ ल्याएर आएको आरोप उनीहरूलाई छ ।

तीनैजनाविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न लागिएको जसपाले जनाएको छ ।

मुद्दा दर्ताका लागि सांसद सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु प्रहरी कार्यालय पुगेका हुन् ।

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोन्सनले जिते कोरोनाः भोलीदेखि नै नियमित काममा जाने

काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनी काममा फर्किने भएको अधिकारीहरूले जनाएका छन् ।

प्रधानमन्त्री जोन्सनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा जस्तै काम गर्न थाल्ने बताएका थिए । उनले चिकित्सकहरूको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका उनी आवश्यक पर्ने व्यक्तिलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्दै आएका थिए ।

प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए । कोरोनाको संक्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा अहिलेसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुने देशमध्ये बेलायत पाँचौं देश हो । एजेन्सी

मन्त्रीपरिषद बैठक सर्याे

काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिलेलाई स्थगित गरी साँझ ५ बजे मात्रै बस्ने भएको छ ।


शनिबार बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सल्लाह दिएको थियो ।

बैठकले लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्ने सम्भावना छ ।

कोभिड–१९ र असमानताको विश्वव्यापी आयाम

– बेचन कुमार महतो
कोभिड–१९ को विश्वव्यापी महामारीले २०२० विश्वमा विकास हराएको वर्ष हुनेमा प्रायः निश्चित नै छ । हाम्रो भौगोलिक अवस्थिति, कामको अवस्था, उमेर, वर्ग स्थिति, लिङ्ग, जातीयता, स्वास्थ्य सेवाहरुको उपलब्धतालगायत सम्बन्धित अन्य कारक तत्वहरुको दायरामा कोभिड–१९ ले आफ्नो प्रभाव देखाएको छ । वर्तमानमा कोभिड–१९ अर्थात कोरोनाभाईरसको प्रकोपले हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, वातावरणीय र राजनीतिक असमानताहरूलाई वढाएको यथार्थमा दुईमत भने छैन ।


हामी अझै कोभिड–१९ को सुरुवाती दिनहरू मै छौ । यसको कारण श्रृजित हुन सक्ने नाजुक अवस्था र कम आर्थिक वृद्घि दरका भयावह अवस्थाहरुलाई पछिल्ला दिनहरुले प्रमाणित गर्ला नै । समग्रमा २०२० विश्वव्यापी रुपमै विकास हराएको वर्ष हुनेमा शंका छ जस्तो लाग्दैन । उपलब्ध प्रारम्भिक प्रतिवेदनहरुलाई विश्लेषण गर्दा यस भाइरस ग्रस्त देशहरूमा संचालित विकासका कार्यक्रमहरू माया त अवरोध श्रृजना भएकोे छ वा विकासको गतिलाई सुस्त पारेको छ । अधिकांश प्रभावित देशहरूमा आवागमनमा प्रतिबन्ध लगाइएको छ र यसले सीधै कामदारहरुको परिचालन र कार्यक्रमहरूको कार्यान्वयनमा असर पु¥याएको देखिन्छ ।
यात्रा प्रतिबन्ध र आपूर्ति श्रृंखलाका कठिनाइहरू, औषधिहरू र स्वास्थ्य कर्मचारीहरूको लागि व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको अभावले गर्दा प्रभावित देशहरुको अवस्था दिनानु दिन जटिल बन्दै गएको छ । यस महामारीको कारण खाद्य मूल्य बढ्ने बढी सम्भावना रहेको छ । यसै त विश्वव्यापी आर्थिक मन्दी र अस्थिर मुद्रा विनिमय दरले विकासोन्मुख देशहरूको लागि बाह्य सहायता प्रवाहको तहमा असर परि रहेको वर्तमान अवस्थामा कोभिड–१९ को महामारीले झन् आगोमा घ्यू थप्ने कार्य गरेको छ ।


प्रभावितलक्षित समुह र नकारात्मक प्रतिकुलता
कोरोना भाईरसको विश्वव्यापी महामारी नियन्त्रणको लागि ब्रम्हास्त्रको रुपमा लिइएको लकडाउनको कारण तत्कालीन रुपमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु बढि मात्रामा प्रभावित भएका छन् । विश्वभरका लाखौ करोडौ विद्यार्थीहरूले शिक्षाका अवसरहरू गुमाउँदैछन । समुदायमा कोरोना भाइरस सर्न थाल्दा अन्य स्वास्थ्य सेवाहरू असन्तुलित भएका छन् । यसले न केवल कोभिड–१९ का बिरामीहरूको हेरचाह गर्न सक्ने देशहरूको आन्तरिक क्षमतालाई प्रभाव पारेको छ बल्की स्वास्थ्य सेवाका सम्पूर्ण क्षेत्रहरुलाई नराम्ररी प्रभावित बनाएको छ । यदि जनसंख्याको ठूलो अंश बिरामी परी आफ्ना आफन्तहरूबाट हेरचाह आवश्यक ठहरने अवस्था आएमा पारिवारिक, व्यवसायिक तथा राष्ट्रिय अर्थव्यवस्थाको उत्पादकत्व घट्नेमा कुनै शंका नरहला ।
बुझ्नु पर्ने कुरो के हो भने कोभिड–१९ विश्वव्यापी स्वास्थ्य र मानवीय संकटमात्र नभई यो बृहत्तर सामाजिक, आर्थिक र राजनीतिक संकट पनि हो । कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणको लागि प्रभावकारी खोप वा उपचार प्रणालीको विकास नभएसम्म विकासका सबै क्षेत्र र कार्यक्रमहरूले गम्भीर अवरोध तथा ढिलाइहरूको सामना गर्नु पर्ने नै हुन्छ । आपतकालीन स्वास्थ्य र मानवीयपक्षको उचित सम्बोधनको लागि तत्कालै व्यवस्थापकीय तयारी थालनु पर्ने हुन्छ । कोभिड–१९ महामारीको नियन्त्रण र उपचारको लागि सबैले साझा दायित्व महसुस गरी सामुहिक प्रयास नगरे यसको प्रकोपबाट कोहि पनि बच्न नसक्ने तथा दिगो विकास लक्ष्यहरू समेत प्रभावित हुनेमा विश्वस्त हुनु जरुरी छ ।


दीर्घकालीन र मध्यकालीन प्रभावहरु
अन्यसंकटहरु सँग सँगै, कोभिड–१९ महामारीको कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय आय र लैँगिक विषयक भेदभाव र असमानताहरू बढ्न सक्छन् । यस अघिका महामारीबाट हामीलाई के थाहा छ भने यस्ता किसिमका महामारीबाट स्वास्थ्य सेवामा सिमित पहुँच हुने सबैभन्दा गरिब र सबैभन्दा कमजोर समूहहरू (जस्तै शरणार्थीहरू र कमजोर सरसफाइ र खानेपानीको संकुचित परिस्थितिमा बस्ने वर्गहरु) उच्च जोखिममा हुने गर्दछन् । धेरैको लागि सामाजिक दूरी र घर क्वारेन्टाइनको अभ्यास असम्भव हुन सक्दछ किनभने हामी जस्तो विकासोन्मुख देशहरूमा अधिकांश कामदारहरू अनौपचारिक क्षेत्रमा कार्यरत हुने गर्दछन र सीमित बचत क्षमताका हुने गर्दछन् ।
सामाजिक सुरक्षाको नेटवर्क बिना तिनीहरूलाई कामबाट बाहिर हुन गाह्रो हुन्छ र तिनीहरू आफैं भाइरसको उच्च जोखिममा पर्ने सम्भावना रही रहन्छ । विश्व बैंकको अनुमान अनुसार प्रत्येक वर्ष विश्वभरीमा १०० करोड मानिसहरु यस्ता विनाशकारी महामारीले गर्दा अप्रत्याशित स्वास्थ्य खर्चको कारण चरम गरीबीमा फस्ने गर्दछन । कोभिड–१९ को कारण यो संख्या अझ बढ्न सक्ने देखिन्छ ।


संचार र ज्ञानको साझेदारी
यो सही हो कि इबोलाजस्ता महामारीहरूसँग प्रभावकारी रुपमा लड्न सक्ने अनुभव भएको विकासोन्मुख देशहरू तुलनात्मक रुपमा केहीहद सम्मकोभिड–१९को लागि तयार छन् । मौजुदा इबोला स्क्रीनिंग प्रणालीले एयरपोर्ट र सीमानाकामा कोरोना भाइरस रोगको लागि छिटो स्क्रिन गर्न अनुमति दिएको छ । केही अफ्रिकन राष्ट्रहरु आफै कोभिड–१९को परिक्षण गर्न सक्ने हैसियतमा छन् ।
यस्ता देशहरूमा पहिलेदेखि अवस्थित गम्भीर प्रकृतिका रोगहरुको लागि आवश्यक आईसोलेसन कक्ष र उपचार पूर्वाधारहरुको प्रवन्धले गर्दा कोभिड–१९ को उपचारको लागि केही सहजता महसुस भएको छ । इबोला र अन्य महामारी नियन्त्रणका अनुभवहरूले भ्रष्टाचार र भेदभाव न्यूनीकरणको सन्दर्भमा राष्ट्रिय तथा स्थानीय सरकार उपर जनताको विश्वास पनि कायम भएको देखिन्छ । विश्वस्त संचार माध्यमहरुले जनस्वास्थ्य शिक्षा र सञ्चारको आवश्यकता माथि प्रकाश पार्ने गरेको छ ।
राष्ट्रिय स्तरमा भएका ज्ञान र सिकाई तथा सो को अन्तर्राष्ट्रिय अदान प्रदान कोभिड नियन्त्रणको प्रभाकारी अस्त्र हुन सक्दछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जस्ता बहुपक्षीयविज्ञ संगठनहरूले नेसनल अथोरिटीलाई सल्लाह दिन महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।
अनुसंधानकर्ताहरु, व्यवसायीहरू र मिडियाहरुले पनि अन्तरदृष्टि र जानकारी साझेदारी गर्न योगदान गर्ने गर्दछन् । यद्यपि, देशको आन्तरिक प्राथमिकता र महामारी विरुद्घको जनमत देशै पिछे फरक हुन सक्लान तर कोभिड–१९ विरुद्घको राष्ट्रिय तयारी र प्रासंगिक सूचनाको सम्प्रेशन तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञानको साझेदारी समय मै गर्न आवश्यक देखिन्छ ।

स्रोत—(मधेश दर्पण फिचर सेवा)

मन्त्रीपरिषदको बैठक बस्दैः लकडाउनबारे छलफल गरिने

काठमाडौं । आज दिउँस २ बजे लकडाउनबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्ने स्रोतले जनाएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकमा लकडाउनको बारे अर्काे बैठक बसेर छलफल गर्ने निर्णय भएको थियो । तर, शनिवार बसेको उच्च्स्तरीय समन्वय समितिको बैठकले लकडाउन थप १ साता लम्ब्याउन सरकारलाई आग्रह गरेको थियो ।

समितिले जोखिम नभएको ठाउँमा विकास निर्माणका कामहरुलाई निरन्तरता दिन सकिने समेत बताएको थियो ।


यसैअनुरुप, लकडानउको विषयबारे छलफल गर्न मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो । आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन बारे निर्णय गर्ने बताइएको छ ।

पछिल्लो पटक थपिएको लकडाउनको म्याद भोली सोमबार सकिदै छ ।

कोरोना संक्रमितको संख्या ५१ पुग्योः आज पनि थपिए दुईजना

काठमाडौँ । आईतबार आजपनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा दुईजनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कोरोना पुष्टि हुनेमा पर्सा र वीरगंज निवासी ५० वर्षीय पुरुषहरु हरेका छन् ।


उनीहरु अहिले आइसोलेशनमा अस्पत्तालमा उपचाररत छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने उपचाररत रहेका मध्येबाट १२ जना निको भइसकेका छन् ।

मुक्तक

मुक्तक

१.खै त देश बनाएको ए! हाम्रो नेता ज्यु
चिल्लो गाडी ठुलो महल राम्रो नेता ज्यु
भ्रस्टाचारको दुर्गन्ध आईरहेको छ
गणतन्त्र भो चपाउन चाम्रो नेता ज्यु।।

२.मेरो माया दुईदिनको खेल बनाउनु भो
स्वार्थ पूरा भएपछि त दोष खनाउनु भो
याद झन् गाढा भई नजिक भईएला कि सोच्दै थिए
बाध्य भै सहमति जनाउनु भो।।

३.राष्ट्रियता नेताको कोटमा हुँदैन
शोषक,सामन्तीको ओठमा हुँदैन ।
मानबताको पुजारी बनेर हिजो
फकाएर पाउने भोटमा हुँदैन ।।

सरकार कसरी गर्दै छ लकडाउनमा आपुर्ति सहजीकरण ?

यतिबेला विश्व काेराेनाले निम्त्याएको लकडाउनकाे समस्या खेपिरहेकाे छ र नेपाल पनि । विश्वभर महामारीको रुपमा कोभिड १९ को त्रास बढ्दै गएपछि नेपाल सरकारकाे निर्णयबाट चैत्र ९ देखि हवाई यातायात तथा सीमाबाट आवतजावत बन्द गरियो

त्यसपछि चैत्र ११ गतेबाट लकडाउन देशभर लकडाउन घाेषडा गरियो । यो अवधि अव १ महिना नाघेको छ ।

याे समयमा आपुर्ति तथा उत्पादन दुवैमा असहजता भैसकेकाे अवस्था छ । आयोजनाहरूको अलावा उद्योग कलकारखाना, बन्द व्यापार, शैक्षिक संस्थाहरू, हवाई तथा सडक यातायातका साधनहरू प्राय: सबै ठप्प छन् । सहर र व्यावसायिक स्थानमा सामान्य जनजीवन मात्रै होइन कि अर्थतन्त्रका सबै जसो अवयवहरू चलायमान हुन नपाएकोले अर्थतन्त्र निकै खुम्चने सम्भावना छ ।

याे अवस्थामा हामीले बजारमा जतिसक्दाे सहजता ल्याउने प्रयास गरिरहेका छाैं ।
लकडाउनको याे अवधिमा अत्यावश्यक उपभोग्य वस्तुको सहज प्राप्ति, मूल्य नियन्त्रण, गुनासो सम्बोधन एवं बजार अनुगमन तथा अति संवेदनशील अवस्थामा रहेका नागरिकका लागि खाद्य वस्तुको उपलब्धताका लागि हामी रातदिन मैदानमै खटिएका छाै ।

काेराेना प्रकाेपले निम्ताएकाे याे असामान्य स्थितिको फैलावट र अवधि सम्बन्धमा पूर्वानुमान गर्न सकियो भने मात्र आपूर्ति प्रणालीमा के कस्तो हस्तक्षेप आवश्यक हुने हो सो को कार्ययोजना तयार गर्न सरल हुँदो रहेछ । आपूर्ति व्यवस्थापनका प्रमुख पक्षहरूमा उत्पादन, आयात र भण्डारणको अवस्था तथा हाल रहेको मौज्दातको विवरण तथा उक्त मौज्दातको चलायमानरुपमा कायम हुने मात्राको ज्ञान आवश्यक पर्दछ । आपूर्तिमा सहजीकरणको कुरा गर्दा अन्तर्देशीय आपूर्ति र देशभित्रको आपूर्ति दुवै समेटिने हुनाले कुन कुन चिज वस्तु अर्को देशबाट भित्र्याइने हो र कुन चिज स्वदेशमा भएको उत्पादन वा मौज्दातबाट वितरण मिलाइने हो ? यसको जानकारी हुन जरुरी हुन्छ । त्यस्तै अन्तरतहगत तथा अन्तर निकायगत समन्वय एवं सूचनाको आधिकारिक प्रवाह पनि उत्तिकै महत्त्वपूर्ण हुन आउँछ । यी सबै विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्यसम्वद्ध उच्च अधिकारीहरू निरन्तर सक्रिय रहनुभयो जसका कारण अन्तर्देशीय ढुवानीमा समस्या देखिन पाएन ।

हामी अभिभावककाे जिम्मेवारी सक्दाे तवरले गरि नै रहेका छाैं । याे समयमा सबै नागरिकहरूको बुझाई राम्रो भयो भने मनोविज्ञान भयभीत वा अस्थिर हुँदैन । यसका लागि आधिकारिक सूचना प्रसार गरिनु वा प्रकाशित हुनु आवश्यक हुन्छ । खास गरी कोभिड १९ को सङ्क्रमणबाट जोगिन के गर्ने ? लक्षणहरू देखिए भने के गर्ने ? जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयका अलावा उपभोग्य वस्तुको उपलब्धता सम्बन्धमा पनि सरोकारवालाहरूले आधिकारिक सूचना प्रवाह गर्ने तथा मिडियामार्फत प्रस्तुत गर्ने विषयले महत्त्व राख्दछ । सोही सन्दर्भमा व्यवसायी समेतको सरोकारवालाको बैठक राखी सञ्चार कर्मीहरूलाई समेत एउटै स्वरमा सन्देश प्रवाह गर्ने क्रम पनि निकै दिनसम्म चल्यो । प्राय यसखाले बैठक मन्त्रालयको सभा हलमा हुने गर्दथ्यो । त्यस्तै कहिले विभागमा त कहिले सञ्चार गृहमा त कहिले व्यवसायीहरूको छाता सङ्गठन चेम्बर अफ कमर्स वा उद्योग वाणिज्य सङ्घमा यसखाले कार्यक्रम सुरुको २ हप्तासम्म आयोजना भए । यसबाहेक सुरु देखि नै मुख्य मिडियाहरुले सुसूचित गर्न र आश्वस्त पार्नका लागि निकै सकारात्मक भूमिका खेल्दै आएका छन् ।

सरकारी निकायहरूले उपभोक्तालाई आग्रह गरी सूचना प्रकाशित गर्दा लकडाउनको असहज परिस्थितिमा खाद्य पदार्थ, औषधि लगायत उपभोग्य सामानको अनावश्यक भण्डारण र धेरै दिनका लागि जोहो नगर्न, आपत् परेको समयमा पारस्परिकता कायम राख्न भनिएको थियो भने व्यवसायीहरूलाई उपभोग्य वस्तुको उपलब्धतालाई विशेष जोड दिन, समानुपातिक तवरले विक्री वितरण गर्न र कुनै पनि कृत्रिम अभाव हुन नदिन, आफूले गरेको विक्री वितरणको दुरुस्त अभिलेख राख्न भनिएको थियो । यसका साथै उपभोक्ता हित वितरित कुनै आपराधिक क्रियाकलाप गरे गराएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ अनुसार हदैसम्मको कारबाही हुने भनेर पनि सूचना दिइएको थियो । बजारमा यस्ता अस्वाभाविक र गैरव्यवसायिक क्रियाकलाप भएको थाहा पाएमा तुरुन्त पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मा जानकारी गराउनुहुन समेत भनिएको थियो । यस्तै किसिमका सूचनाहरू नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायतले आपूर्ति व्यवस्था सम्बन्धी विषयवस्तु उल्लेख गरेर सूचना प्रकाशित गरेका थिए ।

यातायात व्यवस्थापन
लकडाउनकाे कारण सबैलाई घरभित्रै बस्न भनियपनि अत्यावश्यक कामकाे लागि एकठाउँबाट अर्काे ठाउँमा त जानै पर्ने हुन्छ । यस्ता अत्यावश्यक प्रयोजनका लागि प्रयोग हुने सवारी पासको व्यवस्थापन पनि एक जटिल विषय हो । कसलाई के कति पास आवश्यक पर्ने हो र के कति वितरण नगरी नहुने हो भनी यकिन गर्ने विषय सरल हुने कुरै भएन । लकडाउनको सुरुको हप्ता जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी गरियो । केही दिनपछि भने सवै खाले पास जिल्ला प्रशासनबाट जारी गरी भिडभाड निम्त्याउनुभन्दा विषय क्षेत्र हेरी सञ्चारकर्मीहरुको सूचना ग्रामबाट, कर्मचारीहरूको सङ्घीय मामिला तथा सामान्य प्रशासनबाट र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित संस्थान तथा व्यवसायीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वितरण गरियो । विभागबाट उपभोग्य सामानहरूको आपूर्तिलाई दृष्टिगत गरी मागकर्ताको दाबीको गहिरो विश्लेषण गरी पास वितरण गर्दा सकेसम्म पासको दुरुपयोग नहुने विषयलाई सम्बन्धित व्यवसायी तथा तिनका छाता सङ्गठनहरूलाई जिम्मेवार गराइएको थियो । आपूर्ति व्यवस्थापनको लागि मात्र झन्डै ६ सयभन्दा बढी सवारी साधनलाई पास वितरण भएको छ र ती पासप्राप्त सवारी साधनकै कारण आपूर्ति व्यवस्थापनमा सहज भएको महसुस पनि दिलाउन सकियो ।

खाद्यान्न बजार व्यवस्थापन
बजारमा खाद्यान्नको उपलब्धता र मूल्य नियन्त्रणका लागि मूलतः खाद्य व्यवस्था व्यापार कम्पनी र साल्ट ट्रेडिङ लिमिटेड क्रियाशील छन् भने पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि सरकारी स्वामित्वको नेपाल आयल निगमले ढुवानी, भण्डारण, मूल्य समायोजन तथा वितरणको काम गर्दै आएको धेरैलाई जानकारी छँदै छ । दुर्गममा खाद्यान्न आपूर्तिको काम पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तराइमा रहेका स्रोत गोदामबाट दुर्गममा रहेका गोदाम वा डिपोसम्म खाद्यान्न ढुवानी गरेर कायम गर्दै आएको सन्दर्भमा लकडाउन प्रारम्भ भएपछि ती दुर्गम स्थानमा खाद्यान्नको अभाव हुन नदिने आवश्यक पर्दा हवाई चार्टर गरेर पनि सहयोग पुर्‍यायो । बझाङ र हुम्लामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी समेत
गरियो । सुगम वा दुर्गमका स्थानीय तहहरूले पहिचान गरेका कोरोनापीडित परिवारलाई खाद्यान्न उपलब्ध गराउन समेत कम्पनीले सहजीकरण गर्दै आएको छ ।

लकडाउन सुरु भएपश्चातको कठिन परिस्थितिलाई केही सहज बनाउने गरी खाद्य व्यवस्था व्यापार कम्पनीले यसको इतिहासमै नयाँ काम थालनी गर्‍यो । अनलाइन अर्डर लिने र चक्रपथभित्र नि:शुल्क डेलिभरीको सेवा दिएर । २ हप्ताको समयमा कम्पनीबाट ११८ वटा अर्डर प्राप्त गरी घरमै डेलिभरी गर्ने काम गरेको छ । त्यस्तै नेपाल आयल निगमले आफ्नो हटलाइन नम्बर ११४६ प्रयोगमा मात्र ल्याएन कि खाना पकाउने ग्याँस नपाएर सहयोग माग्ने ग्राहकको घर वा डेरामा ग्यासको सिलिन्डर नै पुर्‍याउने काम पनि निगमका सक्रिय कर्मचारीले गरे । त्यस्तै जिल्ला प्रशासन कार्यालयले प्रयोगमा ल्याएको इपासको व्यवस्थालाई पनि इनोभेटिभ कामको उदाहरण मान्न सकिन्छ ।

गुनासो सुनुवाइ संयन्त्र
सार्वजनिक निकायले गर्ने काम कारबाहीलाई उपभोक्ताको माग, गुनासो वा सुझावसँग आबद्ध गर्ने कार्यले महत्त्व राख्दछ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साबिक ४ वर्षदेखि प्रयोग गर्दै आएको र न्युनमात्र गुनासो आउने गरेको हटलाइन ११३७ मा गुनासो आउने क्रम लकडाउनपछि निकै नै बढेर गयो । यसरी गुनासोको सङ्ख्या आकासिनुमा “खाद्यान्न वा ग्याँस वा अन्य उपभोग्य वस्तुमा समस्या भयो वा कालोबजारी भयो भने ११३७ मा फोन गर्नुहोस्” भनेर कतिपय अनलाइन मिडिया वा प्रिन्ट मिडियाले समेत कभर गरेकै कारण पनि गुनासोको सङ्ख्या बढेको थियो । कतिपयले ११३७ फोन लागेन भनेर समेत गुनासो गरे । वास्तवमा एउटा कल रिसिभ गरिरहेकै समयमा अर्को कल आएको कारण रिसिभ नभएको हो । तर त्यस्ता कल रिसिभ गर्ने र अन्य सोसल मिडियाबाट समेत गुनासो लिने क्रम त्यति वेला सम्भव भयो जति वेला हामी लकडाउनको पूर्वसन्ध्यामा कलसेन्टरको विकास गर्ने गरी प्राविधिक कामहरू अगाडि बढायौँ । चैत्र ९ देखि १३ सम्म कल सेन्टर तयार गर्ने र टेस्ट गर्ने काम गर्‍यौँ । चैत्र १३ गतेदेखि वैशाख ९ सम्मको गुनासो प्राप्ति र सुनुवाइको स्थितिलाई केलाउँदा विभागमा अभिलेखबद्ध गरिएका गुनासोको सङ्ख्या ९३७ पुगेको छ । अधिकांश गुनासोहरू ग्याँसको अभाव भयो कहाँ कसरी पाइन्छ ? मास्क कालोबजारी भयो, बढी मूल्य लिएर सामान विक्री भयो, अनियमितता भयो, ग्यासमा कालोबजारी भयो भन्ने गुनासो काठमाडौँ उपत्यका र उपत्यकाबाहिरबाट समेत टेलिफोन र सोसल मिडियामार्फत गरिएको थियो । विभाग आफैले, नेपाल आयल निगम मार्फत र विभागको मातहत कार्यालयहरूमा पठाएर सम्बोधन गरी गुनासोहरूको फर्छ्यौट गरिँदै आइएको छ । आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न यो कल सेन्टर बिहान ८ देखि साँझ ८ सम्म सञ्चालन हुनु र प्राप्त सूचनाको बजार अनुगमनसँगको आबद्धताले सकारात्मक योगदान गरेको छ र उपभोक्ता हित संरक्षणको प्रत्याभूतिमा सघाएको छ ।

बजार नियमनका लागि अनुगमन
कल सेन्टरमा प्राप्त गुनासो र अन्य सन्दर्भबाट प्राप्त सवालहरूलाई बजार अध्ययन एवं अनुगमन तथा निरीक्षण गरी सम्बोधन गर्न विभागको टोली सधैँ (बिदाको दिन समेत नभनी) क्रियाशील रहे । विभागीय मन्त्री, सचिव समेत बजार अध्ययन र संवादमा पटक पटक सरिक रही समस्या समाधानमा केन्द्रित रहनु भनेको बजार व्यवस्थापनले महत्त्व पाउनु हो । लकडाउनको १ महिनाको अवधिमा जम्मा ८७ वटा व्यापारिक फर्मको अनुगमन भएको छ । यस अवधिमा २६ वटा फर्मलाई गरी २८ लाख ३० हजार जरिवाना भएको छ भने २ वटा मुद्दा पनि चलाइएको छ । अनुगमनलाई प्रभावकारी बनाउन विषय सम्बद्ध विभागहरू, स्थानीय प्रशासन र प्रहरीसमेत गरी एकीकृत अनुगमन गरिएको थियो र अहिले पनि जारी राखिएको छ । पछिल्लो समयमा आएर खास गरी मास्क, सानिटाइजर, थर्मल गन, ग्यास, खाद्यान्न, मासु पसल पनि अनुगमनको विषय वनेका छन् भने कोभिड १९ को कारण पीडितलाई राहत वितरणको विषय पनि अनुगमन वा निगरानीको वृत्तमा परेको छ । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुखसहितको छलफलबाट एउटा नमुना राहत प्याकेज तयार गर्न मन्त्रालयले सहजीकरण गरेको थियो भने कसलाई राहत उपलब्ध गराउने भन्ने सम्बन्धमा भने स्थानीय तहले पहिचान गरेको सूचि अनुसार वडास्तरमा समिति क्रियाशील गराउने सहमति भई सोही किसिमको निर्देशन पनि उच्चस्तरीय समितिबाट भएको थियो ।

वर्तमानमा सजग रहने र भविष्यका लागि थप व्यवस्थित हुने विषय
विगतका घटनाका आधारमा उपभोक्तामा विकसित मनोविज्ञानका कारण सुरुमा देखिएको माग तथा केही व्यवसायीको गैरव्यवसायिक प्रवृत्तिकाले आपूर्ति प्रणालीमा चुनौती थपेको प्रतीत हुन्छ । देश भित्रकै उत्पादन प्रणाली थप कमजोर भयो भने बाहिरबाट आएको सामानको मूल्यमा हाम्रो नियन्त्रण रहन सक्दैन । अर्कोतिर हामीहरू विपद्को पूर्वानुमान गर्ने र अभिलेख प्रणालीलाई चुस्त बनाउनमा कमजोर छौँ । सामान्य अवस्थामा बसालिएको पद्धतिले असामान्य अवस्थामा काम गर्ने विश्वास गरिएको हुन्छ । विशेष अवस्थाको सम्बोधन विशेष तरिकाबाट हुन्छ र हुनुपर्दछ । सामान्य प्रबन्धबाट असामान्य अवस्थाको सम्बोधन हुन सक्दैन । भावी दिनहरूमा समेत पर्न सक्ने यस्ता खालका असामान्य अवस्थामा बजारलाई बुझ्न तथा आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न आपूर्ति सूचना व्यवस्थापन प्रणालीको स्वचालित पद्धति आवश्यक छ भने बजार प्रणालीलाई मर्यादित गराउनका लागि सबैको सकारात्मक भूमिका समेत आवश्यक छ ।

नेपालमा कोरोना सङ्क्रमणको पहिलो, दोस्रो हुँदै कुन चरणमा पुग्दछ सोही अनुसार गरिनुपर्ने तयारी को विषय त छँदै छ । तथापि उद्योग, व्यवसाय र कृषिजन्य गतिविधिलाई सुचारु राख्दै भाइरस सङ्क्रमण बढ्न नदिने गरी व्यवस्थापन गर्न सकेमा अर्थतन्त्र बढी थला पर्ने थिएन । वैशाख १५ पछाडि यस्तै मध्यमार्गी तथा सवाल केन्द्रित व्यवस्थापन गर्न सकेमा मात्र कोरोनाको कहरबाट सिङ्गो देशलाई पर्ने मुस्किल कम हुने थियो ।

कोरोना भाइरसकै कारणले भन्दा पनि भाइरस संक्रमणको त्रासले सिर्जना गर्ने व्यवसायिक मन्दिले भोकमरी, गरिवी र असमानता वढ्ने जोखिमलाई मनन गर्न जरुरी छ । आउनुहोस् कोभिड १९ को चौतर्फी असर कम गर्न हातेमालो गरौँ ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले गर्याे ५ खर्बकाे राहत प्याकेज घाेषणा

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्सले करीब ५ खर्ब डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ ।

साना तथा व्यवसाय र अस्पतालहरुको लागि भनेर संसदले बिहीवार ४ खर्ब ८४ अर्ब डलरको सो प्याकेज भारी बहुमतले पारित गरेको हो । तल्लो सदनमा प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जनाले मात्रै विपक्षमा मत दिएका थिए ।

योसँगै कोरोना भाइरसको महामारीसँग जुध्न अहिलेसम्म ल्याइएको राहत प्याकेजको आकार करीब ३० खर्ब डलरनजिक पुगेको छ । विधेयकमा राष्ट्रपति डोनल्ड ट्रम्पले चाँडै हस्ताक्षर गर्ने वाचा गरेका छन् ।

यो रकम कोभिड–१९का बिरामी उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउन समेत प्रयोग हुने बताइएको छ । सङ्क्रमितहरूको परीक्षणका लागि पनि उक्त रकम प्रयोग गरिनेछ ।

अमेरिकामा गएको एक सातामा बेरोजगारी भत्ता दाबी गर्ने अमेरिकीको संख्या ४४ लाख थपिएको छ । योसँगै बेरोजगारी संख्या विगत ५ हप्तामा बढेर २ करोड ६४ लाख पुगेको छ ।

यो अमेरिकी जनशक्तिको १५ प्रतिशत भन्दा बढी हो । गत हप्ता थपिएका दाबी आफैँमा ठूलो भएपनि कामबाट निष्कासन गरिनेहरूको संख्या उच्च विन्दुमा पुगिसकेको संकेत देखिन थालेको विश्लेषकहरु बताउँछन् ।

यति बेलाको महत्वपूर्ण प्रश्न अर्थतन्त्र कहिलेबाट चलायमान हुन्छ र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने हो । सन् १९३० को दशकको महामन्दीपछि कोरोना भाइरस विश्वको सबैभन्दा ठूलो आर्थिक संकट बनेको छ ।

मुक्तक


१.माया गरे फूललाई काडासंग डराईन
रोजे तिमीलाई नै अरुलाई मन पराईन
जिन्दगीको यात्रा मेरो सहज नभएरै हो
तिम्ले साथ छोडयौ संसारबाट हराईन।।

किन बेग्लै लाग्न थाल्यो पाटो जिन्दगीको
जति हिंड्यो झन् कठिन बाटो जिन्दगीको
घोचिरहन्छ सम्झनाले अचेल पाईलापिच्छे
बल्झाउन आउँछ फेरि खाटो जिन्दगीको।।

तिम्रा सुन्दर अाँखा हेरिरहन देउ मलाई
ढुकढुकि सुनि श्वास फेरिरहन देउ मलाई
तिमी जति सुन्दर यो संसारमा कोही छैन
बनाएर तस्बिर केरिरहन देउ मलाई ।।

निरन्तर मकवानपुरे जनताको साथमा सांसद दाहाल, ४२ वटा बसमार्फत दुई हजार फर्किए घर

काठमाडौं । लकडाउनको कारणले काठमाडौं उपत्यकामा बेखर्ची भएर बसेका २ हजार मकवानपुर वासीलाई संघीय सांसद तथा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले घर फर्काउन पहल लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दाहालको पहलमा विभिन्न पेशा व्यवसाय गर्दै आएका र जारी लकडाउनका कारण समस्यामा परेका २ हजार १ सय ५० जनालाई ४२ वटा बसको व्यवस्था गरि उद्धार गरेका हुन ।

उनले पहलकदमी लिएसंगै अर्का सांसद बिरोध खतिवडा, प्रदेश सभा सांसदद्वय प्रेम पुलामी, कुमारी मोक्तान तथा मकवानपुर गढी गाउँपालीकाका अध्यक्ष विधुर हुमागाइ बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैयाका गाउँपालिका अध्यक्ष दामोदर खनाल र उपाध्यक्ष सरला बोलखेले समेत आआफ्नो ठाउँबाट पहलकदमी लिए र सहयोग गरेका थिए ।

‘लकडाउनको कारणले खान, बस्न समस्या परेका, मकवानपुरका जनताहरुको बिचल्ली नहोस्, सबै आफ्नो परिवारसगँ बस्न पाउन भनेर ४२ वटा बसको व्यवस्थापन गरेर २ हजार १ सय ५० जनालाई घर पठायौं,’ दाहालले भने ।

गत मंगलबार ७ वटा बसमा ३ सय ५० जना, बुधबार २० वटा बसमा ११ सय २० जना र बिहिबार १५ वटा बसमा ६ सय ८०जनाको उद्धार गरिएको र बाँकी रहेकाहरुको पुनःउद्धार गरिने अर्थसमितिका सभापति दाहालले बताए ।

मकवानपुरेहरुको उद्धारका लागि नारायणी यातायात व्यवसायिक कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीको सहयोगमा १२ वटा बसको व्यवस्थापन भएको थियो । अझै पनि बिच्ली परेकाहरुका लागि बस व्यवस्थापन गर्न तयार रहेको कम्पनीका महासचिव खोमराज काफ्लेले जानकारी दिए । गत बुधबार बकैया र गढी गाँउपालिकाले लकडाउनको कारण अलपत्रहरुको ११ र २ वटा बस व्यवस्थापन गरेको थियो ।

हिजो बागमती गाउँपालिकाले १० वटा र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १८ र ३ ले दुईवटा बस व्यवस्थापन गरेको सांसद दाहालले जानकारी दिए । नारायणी यातायात व्यावसायि कम्पनी प्रालिले सांसद दाहालकै पहलमा १२ वटा बस पठाएको थियो । अन्य बसहरुलाई गाउँपालिका र वडाहरुले खर्च व्यवस्थापन गरेका थिए ।

काठमाडौंबाट जिल्ला भित्रीएका मानिसहरूलाई स्वास्थ्य परिक्षण गरिएको तथा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । राती गएका यात्रुहरुको समेत स्वास्थ्य परिक्षणका साथै तथ्यांक संकलन गरि होम क्वारेन्टाइनमा राखिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन् ।

काठमाडौं उपत्यकामा रहेका मकवानपुरेहरु अझै छुटेका भए सम्पर्कमा आउन अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने अग्रह समेत गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पनि गाडी आवात जावतमा सहयोग गरेका थिए ।

काठमाडौँबाट मकवानपुरेहरुको उद्धारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जगत थिङ, बागमती प्रदेश युवा तथा खेलकुद सदस्य नारायण सापकोटा, अनेरास्वायु केन्द्रीय सदस्य दीपक न्यौपाने र दामोदर फुयाल, प्रेस संगठन नेपाल काठमाडौँका सदस्य राजाराम न्यौपाने र युवा समाजसेवी उज्ज्वल दाहाल, मकवानपुरका हरिशरण तिमल्सिना र प्रवेस दाहाल र विद्रोह दाहालले समन्वकारी भूमिका खेलेका थिए ।

झापामा पनि काेराेना संक्रमण: काेराेना संक्रमितकाे संख्या ४९ पुग्याे

काठमाडौं । नेपालमा पछिल्लाे समयमा काेराेनाकाे त्रास निकै नै बढ्दै गएकाे छ । उदयपुरमा काेराेना संक्रमणकाे घटनाले त्रसित नेपाली समुदायमा यतिबेला निकै नै त्रसित बनाएकाे छ । एक‌ै दिनमा १३ जनामा समेत पुष्टि भएसँगै नेपालमा काेराेनाकाे जाेखिम बढेकाे हाे ।


त्यस्तै, आजपनि एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ” आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ, जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा सामान्य अवस्था हुनुहुन्छ ।
याे संगै नेपालमा काेराेना संक्रमितको संख्या ४९ पुगेकाे छ ।

अध्यादेश फिर्ता गर्ने निर्णय लिएको केहीबेरमै ओलिले बोलाए देउवालाईः किन बोलाए त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि आह्वान गरेका छन् ।


प्रधानमन्त्री ओलीले देउवालाई अहिले बालुवाटार प्रधानमन्त्रीको सरकारी निवासमा ३ बजेलाई बोलाएका छन् ।
केही दिन अघि ल्याइएको अध्यादेश आजै फिर्ता लिने निर्णय भएको केही घण्टापछि प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतालाई भेट्न लागेका हुन् ।


पार्टी्भित्रको समीकरणमा समेत पेलानमा पर्दै आएका बेला प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासँग परामर्श गर्न लागेका हुन् । तर के विषयमा छलफल हुने भने भनिएको छैन ।