निर्वाचन आयोगमा नेकपा एमाले नामक नयाँ दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ। आइतबार नयाँ पार्टी नेकपा एमाले दर्ताको लागि निर्वाचन आयोगमा आवेदन परेको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन परेको हो। दल दर्ता कार्यमा नेकपाका नेता तथा कार्यकर्ताको संलग्नता रहे÷नरहेको अनुसन्धान भइरहेको प्रवत्ता श्रेष्ठले बताए।

उक्त विषयबारे जारी नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो। आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको होरु भन्दै प्रश्न गरेका थिए।

प्रचण्डको प्रश्नमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने जवाफ दिएका थिए।

कारबाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलले गर्यो अनुरोध

काठमाडौँ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटी रूपमा पत्रकारलाई कारबाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीय रूपमा महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो ।

पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गर्नुभएको उजुरी निवेदनमा भनिएको छ । पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु । पत्रकार धानुकले आगामी दिनमा त्यस किसिमको गल्ती नदोहोर्याउने र पत्रकारिताको उच्च सम्मान गर्ने प्रतिबद्धता गर्दै महासंघ कञ्चनपुरले खेलेको भूमिकाप्रति थप छानबिन गर्न र आफूलाई न्याय दिन अनुरोधसमेत गरेका छन् ।

काउन्सिलका उपप्रशासकीय अधिकृत तथा आचारसंहिता अनुगमन उपसमिति ९विद्युतीय० का सचिव रामशरण बोहोराले सोमबार पठाउनुभएको पत्रमाउक्त विषयमा के–कसो भएको हो ? खुलाई पठाउन अनुरोध गरिन्छु, भनिएको छ । विगत लामो समयदेखि पत्रकारिताको आचारसंहिता र मापदण्डलाई उच्च सम्मान गर्दै विभिन्न क्षेत्रमा हुँदै आएको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा बोल्दै आइरहेको बेला परिस्थितिअनुरुप हुन गएको गल्तीका बारेमा सार्वजनिकरूपमा माफी र क्षमायाचना माग्दामाग्दै पनि अतिरञ्जित गर्दै आफूविरुद्ध भएको षड्यन्त्रका कारण थप पीडित हुनुपरेको पत्रकार धानुकको भनाइ छ ।

भोकै परेको गुनासो गर्दै ट्रयाक्सी चालकले गरे आन्दोलन

काठमाडौँ । भोकै परेको गुनासो गर्दै ट्याक्सी चालकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लकडाउनका कारण बैंकको किस्ता तिर्न नसकेको, भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै चालकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा काठमाडौँका विभिन्न स्थानबाट तीनसय बढी ट्याक्सी नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रदर्शन भन्दा पनि लकडाउन उलंघन गदै ट्याक्सीहरू सडकमा गुडाएको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साँझसम्म ति ट्याक्सी छाडिने बताइएको छ । ट्याक्सी व्यवसायीहरुले भने आफूहरुलाई प्रहरीले दमन गरेको बताएका छन् ।

एसइईका विद्यार्थीको नम्बर असार २० भित्रै पठाउनु पर्ने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्नु पर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको एसइईका विद्यार्थीहरुको नम्बर असार २० गतेभित्र निर्देशन दिएको हो ।

कोरोना भाइरसका कारण परिक्षाको एकदिन अगाडि मात्रै स्थगित भएको एसइईका विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरी बोर्डले नम्बर छिटो पठाउन भनेको हो ।

मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट लभद।नयख।लउ मा उपलब्ध रहेको बोर्डले भन्दै कार्यविधिको अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी विद्यार्थीको अन्तिम मूल्यांकन विवरण तयार गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ ।

कार्यविधि अनुसार विद्यार्थीलाई आन्तरिक तवरबाट मूल्यांकन गरी नम्बर दिन प्रधानाध्यापकको नेतृत्वमा विद्यालयमा तीन सदस्यीय समिति गठन गर्नुपर्छ । उक्त समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका ९मार्क लेजर० असार २० गतेभित्र अनिवार्य रूपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने बोर्डको भनाइ छ ।

विद्यालयहरूबाट प्राप्त भएको प्राप्ताङ्क विवरण र मूल्यांकन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्ताङ्क, तालिका ९मार्क लेजर० भिडाई प्रयोगात्मक र सैद्धान्तिक अंक भरे÷नभरेको, पूर्णाकं मिले÷नमिलेको लगायत रूजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले आग्रह गरेको छ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण एसइई परीक्षा सम्भव नरहेकोले आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले साउनमा एसइईको परीक्षाफल प्रकाशित गर्नेगरी आवश्यक तयारी सुरू गरिसकिएको जनाएको छ ।

लक्ष्य अनुसार नै राजस्व उठ्ने महानिर्देशक कुँवरको दाबी

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले अहिलेसम्मको राजस्व अवस्था हेर्दा विभागले असारमा राजस्व उठाउन लिएको लक्ष्य पूरा हुने दाबी गर्नुभएको छ।

कुँवरले लकडाउनयता करिब ६५ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गरेको बताउनु भयो ।

विभागले चालु आवमा कुल ४ खर्ब ८६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

आन्तरिक राजस्व विभागले चालु आवको असारमा करिब ८२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । अहिलेसम्म उठेको राजस्वले असार महिनाको लक्षित राजस्व सजिलै पूरा हुने उहाँको दाबी छ । ‘अहिले आम करदाताले स्वस्फूर्त रूपमा राजस्व तिरिरहेका छन् त्यसैले सरकारलाई सहयोग मिलिरहेको छ,’ उहाँले भन्नुभयो ।

आन्तरिक राजस्व विभागले असारका ११ दिनमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ ।

विभागका अनुसार १ देखि १२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना रहेको तथा बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको हो।

तीन महिनाको लगातारको लकडाउनका कारण राजस्व संकलन अत्यन्तै न्यून भएको थियो भने सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको अध्यानले देखाएको छ ।

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको तथ्यांकले देखाएको छ ।

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् ।

असार १ बाट लकडाउन केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वःस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेकाले छोटो समयमा धेरै राजस्व संकलन भएको कुँवरले बताउँनु भयो । निजी क्षेत्रले आफ्नो जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर सरकारलाई राम्रो साथ दिएको र यो सरकारका लागि गौरवको विषय भएको महानिर्देशक कुँवरको भनाइ छ ।

निजी क्षेत्र तथा व्यवसायीले आफ्नो कर्तव्य तथा जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर संकटको बेला सरकारलाई राम्रो साथ दिएका छन्, यो सरकारका लागि गौरवको विषय हो । उहाँले भन्नु भयो ।

अहिले मुलुकमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ । शुक्रबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना पुगिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिमका बाबजुद पनि अहिले सेवाग्राही आपूmले बुझाउनुपर्ने राजस्व तिर्न विभिन्न कर कार्यालय पुगिरहेका छन् । विगत तीन महिनाभन्दा बढी समयदेखि आफ्ना व्यवसाय बन्द गरी लकडाउनले घरमा थुनिएका व्यवसायीले लकडाउन खुकुलो भए पनि अझै राम्रोसँग व्यापार÷व्यवसाय गर्न सकिरहेका छैनन् । सरकारले उनीहरूलाई कुनै राहत पनि दिएको छैन तर पनि व्यवसायीहरूले आफ्नो दायित्वअनुसार उत्साहका साथ कर बुझाइरहेका छन् ।

लामो लकडाउनका कारण देशको ढुकुटी सकिनै लाग्दा व्यवसायीले तिरेको करले पुनः ढुकुटी भरिन थालेको छ । ढुकुटी सकिन लाग्दा सरकारलाई दैनिक खर्च सञ्चालनमा समेत समस्या पर्न थालेको थियो तर व्यवसायीले समयमा नै कर तिरेपछि सरकारलाई दैनिक कार्य सञ्चालनमा राम्रो सहयोग मिलेको हो ।

नेपाल सरकारका २२ उप–सचिवहरूको सह–सचिवमा बढुवा

काठमाडौं । लोकसेवा आयोगले २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लिखित र अन्तर्वार्तामा उत्तीर्ण २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरिएको शुक्रबार आयोगद्वारा सार्वजनिक भएको सूचनामा जनाइएको छ ।

आयोगले २२ पद पदका लागि लिखित र अन्तर्वार्ता लिएको थियो ।

२८ जना सह–सचिवले लिखितमा नाम निकालेका थिए । अन्तर्वार्तामा २७ जना उप–सचिवहरू सहभागी भएका थिए ।

‘नेपाल प्रशासन सेवा, रा।प।प्रथम श्रेणी (अप्रा) सह–सचिव वा सो सरह पदको लिखित पदमा २२ जनाको अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा २७ जना उपस्थित भएका थिए’, आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

अन्तर्वार्ता असार २ गतेदेखि १२ गतेसम्म भएको थियो । आयोगले पाँच जनालाई वैकल्पिक योग्यतामा राखेको जनाएको छ ।

प्रचण्डको झटारो ओलीलाईः पार्टी र अध्यक्ष दुवै छोड्नुस भारतले हैन मैले भनेको हुँ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभई आफूले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष छोड्न भनेको बताएका छन्।

गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर स्थायी कमिटी बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो।

बैठकमा सहभागी स्रोतका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका हुन्।

प्रचण्डले ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताएका थिए।

बैठकमा प्रचण्डले भने, ‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनुभयो। भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन ।’

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेको स्रोतले बतायो। ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले, यसबारे पनि गम्भीर छलफल हुनुपर्छ,’ बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए।

त्यसपछि प्रचण्ड भारतले नभई आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए।

‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो,’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए।

विवादकै क्रममा अन्य नेताहरुले असुहाउँदो गरी राखिएको ओली र प्रचण्डको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए।

भारतीय मिडियामा पार्टी भित्रका कुरा कसरी आउँछन्?- प्रधानमन्त्री ओलि

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले पार्टी बैठकमा भएका कुरा तथा विषयहरू दिल्लीको मिडियामा आएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले बाहिरी मिडियामा पार्टीका कुरा कसरी हुबहु आए भन्दै नेताहरूप्रति औला ठड्याएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुराहरू कसरी हुबहु मिले रु भन्ने प्रश्न गरेका हुन् ।

भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएकामा पार्टी नेताहरूले जवाफ मागेपछि प्रत्युत्तरमा उनले पार्टीका नेताहरुबाटै सूचना लीक भएको आशय व्यक्त गरेका हुन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले भारतले सरकार ढलाउन लागेको भनि दिएको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएका छन् ।

चारै जना नेताले दूतावासले सरकार ढलाउन लागेको भए के के भएको थियो रु जवाफ दिन भनेका थिए ।

नेताहरूबाट प्रश्नको वर्षा भएपछि प्रधानमन्त्री ओली छोटो उत्तर दिँदै बाहिरिएका थिए ।

पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना पुष्टि

काठमाडौँ । अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा थप ३ सय १६ जनामा कोरोना पुष्टि भएको छ।

योसँग नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या ६० रहेको छ । योसँगै डिस्चार्ज हुने संक्रमितको कुल संख्या ३ हजार १ सय ९४ पुगेको छ।

सेयर बजार खुल्दाकै दिन ओरालो लाग्यो

काठमाण्डौँँ । लकडाउन केही खुकुलो भएपछि आजबाट खुलेको शेयर बजार आज पहिलो दिन नै ओरालो लागेको छ ।

कारोबार खुलेपछि झण्डै एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अङ्क ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो ।

बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर बिक्री गर्न छाडेर माग बढाउँदा बजारमा बिस्तारै सुधार देखियो । तर पनि सोमबारको बजार बन्द हुँदासम्म नेप्से परिसूचक १२ दशमलव ८७ अङ्कले घटेर १ हजार १ सय ८८ दशमलव ७ अङ्कमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अङ्कले घटेर २ सय ५६ दशमलव २९ अङ्कमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद बिक्री भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंकलगायतका कम्पनीका शेयरधनीले कमाएका छन् । यी कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् । जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समूहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फण्ड समूहका सूचकहरु भने घटेका छन् ।

आजदेखि खुलेको नेप्से बजार लकडाउनअघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुला गरिएको थियो । तर दुई दिन नै निर्धारित समयअघि नै नकारात्मक सर्किट लागेर कारोबार बन्द भएपछि तेस्रो दिनदेखि फेरि कारोबार बन्द गरिएको थियो ।

त्यसयता अनिश्चित बनेको शेयर बजार असार १५ गते (आज) देखि पुरानै व्यवस्था अनुसार खोलिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले लकडाउनभन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो, त्यही अनुसार नै खोलिएको बताउनुभयो । उहाँले लकडाउनभन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खुला गरिएको बताउनुभयो ।

सीईओ साउदले सार्वजनिक सवारी साधन नचलेको, बैंक पनि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको र निजी सवारी सधान जोररबिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एक घण्टा हटाइएको बताउनुभयो । उहाँले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने बताउनुभयो । उहाँले दोस्रो बजार अब कुनै पनि अवस्थामा बन्द नहुने दाबीसमेत गर्नुभयो । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उहाँले बताउनुभयो ।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले शेयर कारोबारपछिको रकम अनलाइनमार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताउनुभयो ।

इरानले गर्यो ट्रम्पविरुद्ध पुर्जी जारी

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ।

३ करोड बढी भ्रष्टाचार आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको छ ।


अख्तियारले ठाकुलाई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।

साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु


रुपन्देहीको सैनामैनामा सोमवार दिउँसो भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा लु२च ८५२९ नम्बरको कार र लु५२प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र ५० वर्षीय टेकबहादुर परियार छन् । दुवै बुवाछोरा हुन् । सुरेश इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान हुन् । 

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । 

कार र मोटरसाईकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कारमा ४ जना सवार थिए । कार चालक भीउबहादुर रोकामगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भएको राठोरले बताए । 

उपत्यकामा थप ८ जनामा काेराेना पुष्टि

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना भाइरस (कोभिड- १९) बाट थप १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो ।

रौतहटका ३० वर्षीय पुरुषको ललितपुरको स्टार अस्पताल सानेपामा असार १३ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

श्वासप्रश्वासमा समस्याका कारण अस्पताल आएका उनको मृत्युपश्चात कोरोना पुष्टि भएको हो । उनी ३ महिनादेखि फोक्सोको समस्याबाट पीडित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोभिड- १९ संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको छ । संक्रमितमध्ये ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।