महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

  Sampatti News

March 14, 2021

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा मिति २०७७ फाल्गुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले एकाउन्न हजार राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साल ज्यूलाई हस्तान्तरण गरे । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित मिति:March 14, 2021