अवैध भरुवा बन्दुक सहित पक्राउ

  Sampatti News

March 14, 2021

काठमाडौं । स्याङजा, हरिनास गाँउपालिका–४ कुलुङखोला सानिस्वारा जंगलबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने १७ वटा छर्रा र ५ ग्राम बारुद सहित २ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिनास गाँउपालिका–४ बस्ने ३६ वर्षीय हेम बहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल रहेका छन् । जंगलमा शिकार खेल्न हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय चिसापानी स्याङ्जाबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

धादिङ, निलकण्ठ नगरपालिका–१ काउले बस्ने ५० वर्षीय बिनोद बहादुर गुरुङलाई एकनाले भरुवा बन्दुक १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध हातहतियार लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी धुवाकोटबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनसुन्धान गरिरहेको छ ।

प्रकाशित मिति:March 14, 2021