पत्रकार सुबेदीमाथि प्रहरीद्वारा कुटपिट

  Sampatti News

March 16, 2021

काठमाडौँ । टिभी अन्नपूर्ण डटकमका पत्रकार एम् प्रेस चौतारी उपत्यका प्रदेश कमीटिका सह–सयोजक राजु सुबेदीलाई प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ । सुबेदीलाई जनसेवा प्रहरी निरीक्षकसहितको टोलिले सोमवार साझा न्यूरोडमा समाचार संकलनको क्रममा निर्घात कुटपिट गरेको हो।

पत्रकार सुबेदीले भिडियो खिचिरहेको अवस्थामा बिनाकारण पक्राउ गर्नुका साथै भ्यानमा राखी निर्घात कुटपिट समेत गरेको थियो । प्रहरीको सोही कुटपिटले पत्रकार सुबेदी घाइते समेत भएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछी पत्रकार सुबेदी अहिले अहिले घरमा अराम गरिरहेका छन् ।

सार्बजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नैलाई निर्घात कुटपिट गरेको भीडियो खिचेको कारण आफु समेत नियन्त्रणमा दिएको उनले बताए । उनले प्रहरुको भ्यानमै आफु पत्रकार भएको परिचय दिदा समेत प्रहरीले नछाडेको उनको भनाई छ ।

आफ्नो कर्तव्य निर्वाहका क्रममा समाचार संकलनका लागि कार्यक्षेत्रमा रहेकाहरुलाई परिस्थिति हेरि वातावरण सहज बनाउनुपर्नेमा उल्टै नियन्त्रणमा लिई र्दुव्यवहार गरिनु र समाचार संकलनमा रोक लगाइनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हमला भएको भन्दै सरोकारवालाहरुले यस घटनाको चौतर्फी भत्सर्ना गरेका छन् ।

प्रकाशित मिति:March 16, 2021