प्रधानमन्त्रीका लागि देउवा नभए अर्को व्यक्ति अघि सार्नुपर्ने पौड‍ेलको प्रस्ताव, सुरु हुन सकेन कांग्रेस केन्द्रीय समिती बैठक

  Sampatti News

April 2, 2021

काठमाडौँ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितीको बैठक साँझसम्म पनि अझै सुरु हुन सकको छैन । पार्टी कार्यालय सानेपामा सबै नेताहरु जम्मा भएपनि उनिहरु अनौपचारिक छलफलमै व्यस्त छन्। पार्टी सभापती शेरबहादुर देउवाको कार्यकक्षामा बसेर अनौपचारिक छलफल चलिरहेको छ।

एक नेताका अनुसार छलफलमा पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेलले सरकारमा पार्टी जानुपर्नेमा जोड दिएका छन्। पौडेलले पार्टी सभापती देउवा प्रधानमन्त्री नबन्ने भए अर्को व्यक्ति अघि सार्नुपर्ने धारणा राखेका छन्।

पार्टीको क्रियाशिल सदस्यता टुङग्याउने अवधी थप्नेलगायत विषयमा छलफल गर्न केन्द्रीय समिती बैठक बोलाइएको थियो।

प्रकाशित मिति:April 2, 2021