हवाई आक्रमणमा परि ३५ लडाकू मारिए

  Sampatti News

April 3, 2021

काठमाडौँ । अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा परि कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् ।
शुक्रबार राति गरिएको हवाइ आक्रमणमा ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले जानायको छ ।
फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।
सेनाले विद्रोही लडाकूबाट हातहतियार र सवारी साधन पनि बरामद गरेको छ । उक्त हातहतियर र सवारि साधन नियान्त्रणमा लीयी ध्वस्त पारेको हो । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति:April 3, 2021