चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

  Sampatti News

April 4, 2021

काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोकीदा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको दुर्घटनामा गरि १९ जना घाइते भएका हुन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरि उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो ।

प्रकाशित मिति:April 4, 2021