नेपालमा फेरि बढ्यो वायु प्रदूषण

  Sampatti News

April 5, 2021

काठमाडौँ ।आज सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । आज काठमाडौँ लगायत देसका अघिकांस स्थानमा घाम लागेको छैन देसका धेरै स्थानमा आगो लाग्दा तुवालो लाग्दा वातावरण धमिलो देखिएको छ ।
सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ ।
डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।
अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।
तर अहिले फेरी उस्तै अवस्गथामा आउन लागेको उनको भनाइ छ । र तत्काल पानि पर्ने आवस्था पनि देखियको छैन

प्रकाशित मिति:April 5, 2021