संक्रमण रोक्न पुन लकडाउन गर्ने अवस्था आउन सक्छः स्वास्थ्य मन्त्रालय

  Sampatti News

April 6, 2021

काठमाडौं ।स्वास्थ्य मत्रालयले पुन लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै जनतनलाइ ध्यानार्कषण गरायको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ असारसम्ममा पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न र गराउन आग्रह गर्दै यस्तो बताएका हुन् ।
स्वास्थ्य मन्त्री त्रिपाठीले भने नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आयकोभने छैन तर स्वस्थ्य मापदण्ड अपनाउनमा होसियारी नभए अवस्था भयावह बन्न सक्ने बताएका हुन् ।
उनले लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत उनले आग्रह गरेका हुन् । ‘अहिले आतंकित हुनुपर्ने अवस्था छैन । सावधान र सतर्क रहौं’ मन्त्री त्रिपाठीले भने ।
आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्ने जानकारी दिँदै उनले भने त्यतो भयाबह स्थिति आयमा पुन लकाडाउन गर्नुपदछ ।
खोप सहयोगका लागि मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारत र चीनलाई धन्यवाद दिदै भने खोप आपूर्तिसम्बन्धी अध्यादेशलाई तत्काल संसदबाट अनुमोदन गर्नुपदछ ।

प्रकाशित मिति:April 6, 2021