सुरक्षा कारभाइमा परी अफगानिस्तानमा बीस लडाकू मारिए

  Sampatti News

April 8, 2021

काठमाडौँ । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको उक्त घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति:April 8, 2021