बाढी पीडितलाई ५० करोड दिने विपद् कोषको निर्णय

  Sampatti News

April 8, 2021

काठमाडौं । विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको विपद जोखिम न्यूनिकरणको बैठकले गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरो पिडितहरुलाई पहिलो किस्ताको रकम बापत ५० करोड दिने निर्णय भयको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारि दिनुभयो ।
साथै बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निमाणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएाक छन् ।
डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि सबै गम्भिर बन्नुपर्ने समेत ओलिले बताय छन् ।

प्रकाशित मिति:April 8, 2021