महेश बस्नेतको जवाफ कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदेन

  Sampatti News

April 8, 2021

काठमाडौँ । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका थिए ।
कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको संख्या देखाएका हुन् ।
२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’
संसदको यही संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताए ।
‘आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरूलाई हामीले सके सहयोग गरौं नसके बस्तुनिष्ट ढङ्गले त्यसको विरोध गरौं’, नेता बस्नेतले भने ।

प्रकाशित मिति:April 8, 2021