बूढानीलकण्ठ हिँडेका जसपाका नेताहरु बीच बाटोमै बसे छलफलमा

  Sampatti News

April 9, 2021

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न बोलाएको छलफलमा सहभागी हुन हिँडेका जनता समाजवादी (जसपा) का नेताहरु बाटोमै छलफल गर्न बसेका छन् । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका हुन् ।
नेताहरु आपसी छलफल सकेर चार बजेसम्म देउवा निवास बूढानीलकण्ठ पुग्ने जसपा स्रोतले जानकारि दियको छ ।

प्रकाशित मिति:April 9, 2021