आज २०७७ चैत्र २८ गते शनिवारको राशिफल

  Sampatti News

April 10, 2021

आज २०७७ चैत्र २८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।
मेष
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
बृष
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।
मिथुन
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।
कर्कट
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह
दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।
कन्या
स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला
वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।
बृश्चिक
पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
धनु
मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
मकर
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।
कुम्भ

सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।
मीन
अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।
राशिफलमा जेजस्तो लेखियतापनि भाग्यामा भन्दा र्कममा विश्वास गर्नुहोला अवस्या पनि तपाइको दिन सुखद वित्ने छ ।

प्रकाशित मिति:April 10, 2021