भारतमा एकै दिन एक लाख ४५ हजार कोभिड–१९ सङ्क्रमित

  Sampatti News

April 10, 2021

काठमाडौँ । भारतमा गयको २४ घण्टामा झण्डै डेड लाख मानिस सक्रमित भयका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भए यताकै सबैभन्दा ठूलो परिमाण भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् ।
यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।
सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।

प्रकाशित मिति:April 10, 2021