धोकेवाज ब्वाईफ्रेन्डरगर्ल फ्रेन्डलाई विर्सने टिप्स

  Sampatti News

April 11, 2021

काठमाडौँ । उमेर बढ्दै जाँदा यौवन अवस्थामा विपरीत लिङ्गप्रति आकर्षण बढ्नु प्रेममा बाँधिनु यो कुनै अनौठो कुरा हैन । यो त प्राकृतिक कुरा हो । तर हरेक प्रेम जोडि आजिवन साथ–साथ रहने अपेक्षा गर्नु पनि एक प्रेम नै हो । हुन त प्रेमलाई महशुस गर्ने हो, अर्थाउन पनी त सकिदैन ।
तर, प्रायः प्रेमजोडिको बीचमा आजभोली ‘धोका’ भन्ने शब्दले निकै चर्चा पाएको पायको पाइन्छ । यसको अर्थ हो, प्रेमको बाहनामा यौनचाहना पुरा गर्नु, कोही केटा वा केटी छ भने प्रेम गरेरजस्तो गरेर धनसम्पत्ति हात पार्नु । यस्तै विभिन्न किसिमका छलकपटहरु गर्नु।
के तपाईको जिवनमा पनि यस्तै किसिमका घटनाहरु भईरहेका त छैनन ? यदि त्यसो हो र उहि धोकेबाज प्रेमी–प्रेमिकाको यादमा परेर आफ्नो भविष्य बर्बाद गर्दै हुनुहुन्छ भने एकैछिन पढेर आफ्नो भविष्यलाइ आफ्नो लक्ष्यामा पुर्याउनुहोस् ।
१.खाना सकेसम्म बढी खाने
यदि तपाई तपाईको जोडिबाट धोका पाएर टेन्सनमा हुनुहुन्छ भने खाना सकेसम्म बढी खानुहोस् । किनकी खाना खायो भने मस्तिष्क बलियो हुन्छ, जसले नकरात्मक भन्दा बढी सकरात्मक धारणा उजागरण गर्छ । यसले गर्दा हजुलाई कम चिन्तित बन्न मौका मिल्ने छ ।

२.साथिर्सकल तथा पारिवारि माहोलमा रहनुहोस
प्राय जोडिहरु प्रेममा धोका पाएपछि एक्लोपन रुचाउने गर्छन्, तर एकान्तमा झन बढी याद आउने र मन कमजोर हुने गर्छ त्यसैले साथिसर्कल तथा परिवारसँग बस्नुस । साथै यसरी बस्दा अरुको अगाडी बलजस्ती भएपनि आँशु लुकाउनु पर्ने हुँदा तपाई कमजोर हुनुहुने छैन । एक अध्ययनले त के भन्न भने मानिस जति कमजोर हुन्छ त्यत्ति आँशु आँउछ, त्यसैले कमजोर नबन्नुहोस ।

३.ठूलो भ्वाईसमा म्युजिक सुन्नुहोस
तपाईलाई याद छ हामी जे जस्तो अवस्थामा रहेको भएपनि ठूलो भ्याईसले हामीलाई डिस्ट्रव गर्छ । हो त्यसैले तपाई ब्रेकअपको पिडामा हुनुहुन्छ भने ठूलो आवाजमा म्युजिक लगाउनुहोस र मनको पिंडालाई भंङ्ग हुने अवस्था र्सिजना गर्नुहोस ।

४.नाचगानमा सरिक
तपाई पिडामा भएको बेला सकेसम्म सके आफै गाएर नभएपनि म्युजीक लगाएर नाच्नुहोस, जसले तपाईको मस्तिष्कमा सकरात्मक उर्जा दिने छ । अझ सम्भव भए भिडमा गएर नाच्नुहोस् यसले तपाईको मनोबल अझ उच्च राख्ने छ ।

५.बच्चा तथा वृद्धासँग घुलमिल
बच्चा र वृद्धासँग खेल्दा उनीहरुसँग रमाउँदा तपाई आफै छक्क पर्नुहुने छ । किनकी बच्चहरु अति अनकन्सीयस हुन्छन् जसले गर्दा तपाईलाई थाहा भएको तर उत्तर दिन नमिल्ने जस्ता प्रश्न गर्दा तपाई आफै त्यसमा भुल्नुहुने छ । भने, यता वृद्धाहरु आफ्नो विगत तथा पहिला पहिलाका कुराहरु सुनाउने गर्छन् । तपाईको मन मस्तिष्क नै ए हो र भनेर पहिलेको जमनामा पुर्याईदिन्छ जसले गर्दा तपाईले त्यो धोकेबाज प्रेमीलाई भुल्न मद्दत मिल्ने छ ।

६.पानी पिईरहनुहोस
पानीले यसैपनि हजारौँ औषधिको काम गर्छ । त्यसमाथि पनि तपाईको मस्तिष्कलाई ठन्डा बनाउन पानीले महत्वपूर्ण भुमिका खेल्छ यसले गर्दा पनि तपाई उ प्रति चिन्तीत हुने सम्भावना कम देखिन्छ ।

७.सारीरीक सम्बन्धलाई पाकृतिक नियमको रुपमा लिने
प्रेम सम्बन्धमा रहेको समयमा प्रायः जोडिबीच सारीरीक सम्बन्ध हुन्छ । तर ब्रेकपछि यहि विषयले केटीहरु बढी चिन्तीत तर यो समयमा सारीरीक सम्बन्ध एक प्राकृतिक प्रकृया हो भन्ने मान्नु पर्दछ । साथै सारीरीक सम्बन्ध आवस्यकता पनी हो । यो विषयमा धेरै टाउको दुखाउनु जरुरी नै छैन ।

८.भविष्यको पारीवारीक जिवनबारे धेरै नसोच्ने
यस्तो समस्या प्राय केटीहरुमा देखापर्ने गर्छ कि अहिलेको सम्बन्धले पछि पारीवारीक जिवनमा असहज पार्छ कि भनेर । तर यसमा पनि कत्ति चिन्ता लिनु जरुरी छैन किनभने तपाईको हुनेवाला श्रीमान पनि तपाईजस्तै पहिलै सारीरीक सम्बन्धमा भाग लिईसकेको हुनेछ ।

९.सकेसम्म उसको याद दिलाउने कुरा आफ्नो वरीपरि नराख्ने
छाडेर गएको मान्छेले दिएको वा उसँग हुँदाको कुनै उत्साहीत क्षण दिलाउने कुनै चिज वस्तु आफ्नो वरपर राख्नु हुँदैन । यदि तपाईको वरपर भएमा उसको याद नै आईरहने छ ।

१०.आफ्नो परिवार सम्झने
के तपाईलाई थाहा छ, तपाईलाई धोका दिने व्यक्ति तपाईको जिवनमा एक्कासी आएको हो । उ तपाईको थिएन, फेरी तपाईको नभएको मान्छे आफ्नो भएन भनेर किन पिर गर्नेरु हेर्नुस् त सधै तपाईको भलो चिताउने तपाईको मामु, बाबा र दाईभाई दिदिबहिनीहरु । तपाई दुखि हुनुभयो भने उनीहरुको हालत के हुन्छ । त्यसैले पारीवारको चाहना र परिवारलाई सधै सिरमा राख्नुहोस् । तपाई त्यो धोकेवाजलाई छिट्टै भुल्नुहुने छ ।

प्रकाशित मिति:April 11, 2021