विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री

  Sampatti News

April 16, 2021

काठमाडौँ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्षका लागि सरकार बने पनि बदलिएको राजनीतिक परिस्थितिका कारणले गर्दा अहिले विश्वासको मत लिनुपर्ने अवस्थामा रहेको उनले स्पष्ट पारे ।
एमालेका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता भएको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुप सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यो अवस्थामा उभिएका छौं ।’
राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन शाहीले सांसदहरुलाई आग्रह गरे ।
उनले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भए यता ९५ मन्त्रिपरिषद बैठक बाट ५८७ जनपक्षीय निर्णय गरेको चर्चासमेत गरे ।
प्रदेश सरकार निर्माण गर्दा तीव्र विकास, प्रदेशको आर्थिक समृद्धिको सपना देखेर सबै दलले प्रदेशमा कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता जनाएको स्मरण गराउँदै उनले अहिले पनि त्यही अवस्थामा प्रतिवद्ध रहन दलहरुलाई आग्रह गरे ।

प्रकाशित मिति:April 16, 2021