चार कर्मचारीको सहसचिवमा बढुवा, सामान्य प्रशासनको अतिरिक्तमा पदस्थापन

  Sampatti News

April 29, 2021

काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवाका चार राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिवस्तर)का सिनियर डिभिजनल इन्जिनियरलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिवस्तर)को सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इन्जिनियर अमृत श्रेष्ठ र दीपक कुमार दासलाई सोही सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको हो ।

त्यसैगरी बैठकले सोही सेवा, समूह तथा उपसमूहका सिनियर डिभिजनल इन्जिनियरद्वय मोहन चापागाईँ र महेशचन्द्र न्यौपानेलाई पनि राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।
चारै जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको छ ।

प्रकाशित मिति:April 29, 2021