प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेत नियुक्त

  Sampatti News

June 4, 2021

काठमाडौं। प्रेस काउन्सिल नेपालको अध्यक्षमा युवा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले काउन्सिलको अध्यक्षमा पत्रकार बस्नेतलाई नियुक्त गरेको हो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार बर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समय कान्तिपुर दैनिकमा काम गरेका बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन।
बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।
दोलखा स्थाइ घर भएका बस्नेत कान्तिपुर दैनिकमा रहँदा व्यबसायिक पत्रकारीतामा पोख्त थिए । बस्नेत कानुनमा पनि दख्खल मानिन्छन्।
यसअघि प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले काम गर्दै आएका थिए ।

प्रकाशित मिति:June 4, 2021