August 9, 2021
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो पटक राम्रो सम्बन्ध बनाएका भुमि सुधार सचिव टेकनारायण पाण्डे देउवा सरकारका पालामा रंग फेर्दै गृह मन्त्रालयको सचिवमा आँखा लगाएका छ्न ।
ओलि प्रधानमन्त्री हुदा भुमि आयोगमा रहेर घोटालामा संलग्न भै कमाएको रकम बोकेर पाण्डे यतिबेला गृह सचिव हात पार्ने दौडमा अग्रसर भएका छन् । शिक्षाको पृष्ठभुमि भएका पाण्डे शिक्षा मन्त्रालयमा माडे प्रशासकको छवि भनाएको आजभोलि सुन्न सकिन्छ ।
सरकार परिवर्तनसँगै स्थायी सरकार मानिने कर्मचारी तन्त्र बीचमा समेत ठुलो फेरबदल आउने देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सचिबहरु सरुवा गरि परिवर्तनको अनुभुती गराउने अभियान थाल्ने चर्चासँगै धेरै सचिबहरु राम्रा मन्त्रालयको चाहना राख्दै शक्तिकेन्द्र धाउन थालेका छ्न। जुन, दौडमा पाण्डेपनि लगाम लाएर कुदिरहेका छन् । नयाँ सरकार परिर्वतनसँगै यता अर्थ मन्त्रालयमा मधु मरासिनीसँगै तीन सचिवको सरुवा भएको छ।
कतिपय बिगत राम्रो नभएका मात्रै होइनन कार्य अनुभव समेत नभएका सचिवहरु यतिबेला शक्तिकेन्द्रमा पुगेर मन्त्रालय हत्त्याउने खेलमा लागीरहेका छन् । शक्ति केन्द्रमा धाउनेहरुको योग्यता र विगत देख्दा सरकारले राम्रो गरोस् भन्नेहरुले चिन्ता व्यक्त गर्न थालेका छ्न।
यसै बीच गृह मन्त्रालय जाने सचिवहरु धेरै देखिएका छ्न। हाम्रालाइ होइन राम्रालाइ गृह मन्त्रालयमा सचिव भित्र्याउदा चौतर्फी चुनौतीकाबिच उभिएको यो सरकारबाट जनपक्षीय काम गर्न सहज हुने विश्लेषण एकातिर छ भने अर्कोतिर शिक्षाको अनुभव बटुलेका सधैं बिबादास्पद छवि बनाएका टेकनारायण पाण्डे यतिबेला गृह मन्त्रालयमा सचिव बन्न शक्तिकेन्द्र धाउन थालेका हुन् । ओलि सरकारलाई सूचना दिने भुमि आयोगको घोटालामा मुछिएका पाण्डे त्यो थैलिलाइ यतिबेला प्रयोग गर्छु र गृह छिर्छु भन्दै दौडधुप लागेको उनको यस्तो रबैया बुझ्ने काङ्ग्रेसका कतिपय नेताहरू नै रुष्ट देखिएका छ्न।
ओलि सरकारका पालामा म त खाटी ओलिभक्त हु भन्दै हिड्नुका साथै ओलिका अनियमितताका काममा जोडिएका पाण्डे गृह मै आए भने सरकार फरक भएको अर्थ नरहने धेरैको प्रतिक्रिया सुनिन्छ।
यो सरकारलाई नराम्रो काम गर्ने छुट छैन भनिरहदा अतित राम्रो नभएका प्रशासकहरुलार्इ यतिबेला आराम गर्ने मन्त्रालय दिनुपर्ने जोड ओलि सरकारका गतिविधि नियाल्नेहरुले बताउन थालेका छ्न। गृहको राम्रो अनुभव भएका सचिवलाई लैजाने पात्र हुदाहुदै पनि पाण्डेलाई लगे गृह प्रशासन लथालिङ्ग हुने गृहका एक सहसचिवले सम्पत्ति न्युजलाइ बताए।
प्रकाशित मिति:August 9, 2021