सिडिओको आदेश लत्याउने स्वघोषित पदाधिकारीलाई कानुन लाग्दैन ?

  Sampatti News

September 12, 2021

२७ भदौ, काठमाडौ ।
नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघले चुनाव गरेको नाममा संस्था कब्जा गरेको छ । एकातिर कोभिड–१९ को त्रास अर्को तिर संस्थाभित्र छलफल नै नगरी प्रक्रिया अगाडि बढाएको भन्दै सरोकारवाला इन्जिनियर सरोज कुमार उपाध्यायले काठमाडौ सिडिओ कार्यालयमा उजुरी गरिसकेपछि सिडिओ कार्यालयले हाललाई प्रक्रिया रोक्नु भनि पत्राचार गर्दागर्दै पनि सस्थापक अध्यक्ष चन्द्र साउत स्वघोषित अध्यक्ष अच्युतप्रसाद नेपालले बलमिच्याई गर्दै एकपक्षीय ढंगले कार्यसमिति गठन गरेपछि नेपाल तालिम तथा रोजगार व्यावसायि महासघका बहुसंख्यक सदस्यहरूले आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेका छन् ।

हरेक संस्था बिधि अनि पद्धति अनुसार नै चल्नुपर्छ भन्ने मान्यता बोकेका महासंघ भित्रका बहुसंख्यक सदस्यहरूको एउटै प्रश्न छ, सिडिओ कार्यालयलाई लत्याउने साउद र नेपाललाई कानुन लाग्दैन ?

सामान्य गल्ती गर्नेहरू कानुनी दायरामा पर्छन् तर सिडिओ कार्यालयलाई लत्याउने यो टिमलाई कानुन लाग्छ कि लाग्दैन यो सन्दर्भ नियाल्नेहरुका लागी प्रतिक्षाको बिषय बनेको छ ।

दुइ दिनअघि सम्पन्नको नाटक गरिएको महासंघको चुनावमा फरक मत राख्नेहरुलाइ प्रक्रियामा सामेल नगराउने त्यस्तो अप्रजातान्त्रिक अभ्यास प्रति यतिबेला धेरैले खेद समेत व्यक्त गरेका छन् ।

त्यसैगरी सिडिओ कार्यालयको आदेश लत्याउने सबैलाई कानुनी कठघरामा उभ्याउनुपर्ने आवाज उठिरहेको बेला साउद र नेपाल दाजुभाई यो प्रक्रियामा नजोडिनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेता माधबकुमार नेपाललाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रायोजित समाचार लेखाउँदै हिडेका उनीहरुको यो हर्कत बेलैमा नरोके बिधि अनि पद्धतिको माग गर्नेहरूले कठोर कदम चाल्न सक्ने देखिन्छ ।

लोकतान्त्रिक अभ्यास अपनाएको भए कडा प्रतिस्पर्धाका हुने र पराजित हुनुपर्ने भयका कारण कानुनलाई हातमा लिने काम भएको छ, यो गैरलोकतान्त्रिक भएको धेरैको टिप्पणी छ।


गत बैशाख ९ गते हुने भनेको दोस्रो महाधिवेसन कोभिड–१९ का कारण स्थगित गरिएको थियो । तर एकाएक चुनावको नाटकमा सस्था कब्जा गरिएको सरोकारवालाहरुको भनाइ छ ।

स्वघोषित अनि बलमिच्याइपूर्वक बनाइएको अबैधानिक नयाँ कार्यसमिति


१– अच्युत प्रसाद नेपाल – अध्यक्ष
२– चन्द्र साउद – निवर्तमान अध्यक्ष
३– प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष
४– भरत तिमिल्सिना – उपाध्यक्ष
५– लोक बहादुर बोहरा – उपाध्यक्ष
६– छत्र बहादुर बम – महासचिव
७– नारायण प्रसाद अदिकारि – सचिव
८– लक्ष्मी शर्मा – कोषाध्यक्ष
९– दिपक राजभाट – सदस्य
१०– शुष्मा रावल – सदस्य
११– सुमन पौडेल – सदस्य
१२– भिम पौडेल – सदस्य
१३– इन्दु आचार्य – सदस्य
१४– यज्ञ राज पाण्डे – सदस्य
१५– राजन के सि खत्रि – सदस्य
१६– हिरा बहादुर महर्जन – सदस्य
१७– रोजेल जि पुन – सदस्य
१८– प्रेम ब पुन – सदस्य
१९– भिम भुजेल – सदस्य
२०– विजय श्रीवास्तव – सदस्य
२१– मान बहादुर साउद – सदस्य
२२– सिपि शर्मा नेपाल – सदस्य
२३– राम बहादुर रेग्मि – सदस्य
२४– राम रतन यादव – सदस्य
२५– कष्ण शाह –पदेन सदस्य (प्रदेश न.१. अध्यक्ष)
२६– राकेश शाह –पदेन सदस्य (प्रदेश न.२. अध्यक्ष)
२७– बद्रि प्रसाद दाहाल –पदेन सदस्य (प्रदेश न.३. अध्यक्ष)
२८– कैलाश कुमार रञित –पदेन सदस्य (प्रदेश न.४. अध्यक्ष)
२९– सतिष कुमार अधिकारी –पदेन सदस्य (प्रदेश न.५. अध्यक्ष)
३०– उपेन्द्र शाहि –पदेन सदस्य (प्रदेश न.६. अध्यक्ष)
३१– प्रमोद पाठक –पदेन सदस्य (प्रदेश न.७. अध्यक्ष

nter

प्रकाशित मिति:September 12, 2021