अर्थ मन्त्रालयका सहसचिव मैनाली सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा, महाशाखाका प्रमुखमा केसी

  Sampatti News

September 13, 2021

काठमाडौँ । सरकारले अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा गरेको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गरेका हुन् । साथै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन् ।

तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो ।

प्रकाशित मिति:September 13, 2021