अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि

  Sampatti News

September 16, 2021

काठमाडौँ । अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०.७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्थानीय समय अनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकाङ्क १.८ प्रतिशतले कम भएपछि यो वृद्धिले छ खर्ब १८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको बिक्री गरिएको बताइएको छ ।

यो अवधिमा कार बिक्री ३.९ प्रतिशतले कम भएको तर तर खुद्रा बिक्री १.८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयले बताएको छ ।

महामारीका कारण बन्द अमेरिकी बजार खुल्न थालेपछि यहाँको अर्थव्यवस्थामा सुधार आउन थालेको छ । अमेरिकीहरूले महामारीपछि लामो समय बन्द पर्यटनलाई खोलेपछि गाडीको मूल्यमा वृद्धि भएको तर मूल्य वृद्धिका कारण कारोबारमा कमी आएको छ ।

कोभिड–१९ को डेल्टा भेरियन्टको बढ्दो सङ्क्रमण दरका बावजुद उपकरण तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा बिक्री ३।१ प्रतिशतले कम भयो भने रेस्टुरेन्ट तथा बारहरूको कारोबार पूर्ववत अवस्थामा रहेको छ । फर्निचर सामानको कारोबारमा ३.७ प्रतिशतले वृद्धि भएको छ भने किराना पसलको कारोबार १.८ प्रतिशतले वृद्धि भएको छ । जुलाईमा ४.६ प्रतिशतभन्दा कमी नाफा रहेको कारोबारमा अगस्टमा ५.३ प्रतिशत नाफा भएको अनलाइन कारोबार संस्थाहरूद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति:September 16, 2021