झण्डै तीन दर्जन सचिवको सरुवा : गृह सचिवमा प्रेमकुमार राई

  Sampatti News

November 21, 2018

काठमाडौ । मन्त्रिपरिषदको कार्यालयले झण्डै तीन दर्जन सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि सचिवहरुको सरुवा गरि दिल्ली प्रस्ताव गर्नुभएको हो । गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राईलाई लगिएको छ । सचिव राई छोटो छोटो समयमै सरुवा हुने सचिवमा चिनिएका थिए । कांग्रेसको नेतृत्वमा बनेको सरकारले उनलाई पछिल्लो पटक प्रधानमन्त्री कार्यालयमा पु¥याईएका थिए । गृह सचिव रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सापकोटाको कार्य सम्पादन क्षमता सन्तोषजनक नदेखिएको भन्दै उनको ठाउँमा राईलाई सरुवा गरिएको हो । सचिव राई गृह प्रशासनका कार्यक्षमतामा काविल मानिन्छन् ।

अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको  छ । यस्तै रक्षा सचिव विनोद केसीलाई राष्ट्रपतिको कार्यालय, अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालय, मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङ्गलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै योजना आयोगका सचिव विष्णु लम्साललाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललाई श्रम, महिला, बालबालिका तथा सुरक्षा मन्त्रालय, मन्त्रिपरिषदको कार्यालयका सचिव खगराज बराललाई शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयका केदारबहादुर अधिकारीलाई मन्त्रिपरिषद कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी सार्वजनिक खरिद कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियार दुरुवयोग अनुसन्धान आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुधन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा सचिवको रुपमा सरुवा गरिएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

कृषि विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । सचिव ओली शेरबहादुर देउवाको सरकारको पालामा सबैभन्दा बढी विदेश भ्रमण गर्ने सचिवका रुपमा चिनिन्छन् । बन मन्त्रालयका युवकध्वज जिशीलाई कृषि मन्त्रालयमा सरुवा गरिएको छ । सचिव जिशी देउवा सरकारका पालामा कांग्रेसका कार्यकर्ता पोस्ने सचिवका रुपमा चिनिएका थिए । उनले कृषि मन्त्रालय पाएको देखेर धेरै प्रशासकहरु छक्क परेका छन् । प्रदेश–१ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् । १ नम्वर प्रदेशको मुख्यसचिवमा ५ नम्वर प्रदेशका मुख्यसचिव सुरेश प्रधानलाई लगिएको छ । पर्यटन मन्त्रालय, कानून मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा मनत्रालय, स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलगायतका सचिवहरु यथावत राखिएको बताइएको छ ।

एक पटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीति अन्तरगत यो नियमित सरुवाको रुपमा सरकारले लिएको छ । काठमाडौं महानगरपालिकामा छुट्टै व्यवस्था अनुसार सचिव यादव कोइरालालाई कार्यकारी प्रमुख बनाइएको छ । गएको चैत २० गतेको मन्त्रिपरिषद वैठकको निर्णयले ३० जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको थियो ।

Read https://pro-academic-writers.com more about vectores scalars review comments need help.

प्रकाशित मिति:November 21, 2018