सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते

  Sampatti News

September 26, 2021

सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते

एजेन्सी-सोमालियाको राजधानी मोगादिसुमा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण भएको छ ।

उक्त बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।

शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए । आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते

प्रकाशित मिति:September 26, 2021