बसन्त चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया

  Sampatti News

October 3, 2021

काठमाडौं-उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ ।

नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीलाई दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघात भएको थियो ।

अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो ।

गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए ।

सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।

सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।

बसन्त चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया

प्रकाशित मिति:October 3, 2021