शाहरुख खानका छोरा लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ

  Sampatti News

October 3, 2021

मुम्बई-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।

मुम्बईस्थित समुद्री किनारको क्रूज सीप पार्टीमा २३ वर्षीय आर्यनलाई मुम्बई प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले आर्यनसँगै उसका ८ जना साथी मुनमुन धमेचा, नूपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, आर्यन खान र अरबाज मर्चान्टलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरुलाई हिरासतमा राखी लागूऔषधको मुद्दा अगाडी बढाउने गरी छानविन सुरु गरेको छ ।

प्रहरीको लागूऔषध विभाग बिभाग मार्फत आर्यनसँगै आठ जनामाथि अनुश्नधान तथा छानविन अगाडी बढाएको हो । उनीहरुको समूहमा दुई महिला समेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले कोकिन, चरेस, मेफेड्रोन जस्ता लागूऔषध प्रहरीले बरामद गरेको जनाएको छ ।

मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण विभागले सुशान्त सिंह राजपुतको आत्महत्यापछी पछिल्लो समय बलिउडकर्मीहरुमाथि निगरानी बढाएको छ ।

प्रकाशित मिति:October 3, 2021