दसैमा अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापनका लागी के गर्दै छ प्रधानमन्त्री कार्यलय ?

  Sampatti News

October 5, 2021

काठमाडौँ-दसैको बजार अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापनमा प्रधानमन्त्री कार्यलयका सचिब कृष्ण बहादुर राउतले मुख्य सचिबको अध्यक्षतामा केन्द्रिय अनुगमन समिती गठन गरी कार्य अगाडी बढाउने कानुनी ब्यबस्था आधारमा कार्य अगाडी बढाईएको जानकारी दिनु भएको छ ।

काठमाडौँमा तराई बिकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको बजार अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापन बिषयक अन्तरक्रिया कार्यक्रममा उहाले प्रधानमन्त्री कार्यलयले गरेको कार्यबारे जानकारी दिनुभएको हो ।

उहाले मुख्य सचिबको अध्यक्षतामा गठन हुने केन्द्रिय अनुगमन समितीमा सबै मन्त्रालयका सचिव सदस्य रहने र सबै मन्त्रालयको समन्वयमा अनुगमन कार्य अगाडी बढाउने गरेको जानकारी दिनुभयो ।

केन्द्रिय अनुगमन समितीले गत भदौ मसान्तमा बैठम बसेर बजार, आवागमन सहजता, कोभिड प्रोटोकल लगायतका निर्णय गरी सबै मन्त्रालय मातहत निर्देशनात्मक आदेश पठाई सकिएको उहाले जानकारी दिनु भयोे ।

उक्त केन्द्रिय अनुगमन समितीको बैठकमा कार्य समिक्षा हुने गरेको जानकारी पनि सचिव राउतले दिनुभयो ।

सचिव राउतले राज्यका तिनै तहले अनुगमनकोकार्य बर्षभरीनै गर्नु पर्ने तथा चाडपर्वको वखत अत्याधिक आर्थिक कारोवार हुने गरेकाले सरकारको दायित्व कालोबजारी, महंगी, अखाध्य बस्तुको गुण अनुगमन गरी स्वस्थ बजारको स्थापना गर्ने लक्ष्यका साथ अनुगमनको कार्यमा प्रधानमन्त्रीकार्यले काम गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यलयले प्रदेश सरकारलाई पनि अनुगमन तथा स्वस्थ बजार ब्यबस्थापनका लागी पत्राचारगरी जिम्मेवारी बोध गराएको पनी सचिव राउतले जानकारी दिनुभयो ।

त्यसै गरी यातायातको क्षेत्रमा समेत अनलाईन टिकेट काट्ने प्रबिधिलाई प्रोत्साहन गरेर टिकेटको कालोबजारी नियुनिकरण गरिएको उहाले जानकारी दिनुभयो ।

अहिले अनलाइन मार्फत हुने बस्तुको का रोवारमा फोटोमा देखाईएको बस्तु तथा उपभोक्ताले प्राप्त गर्ने बस्तुमा निकै फरक पाइएका र त्यस तर्फको अनुगमनका लागी समेत निर्देशन प्रधानमन्त्री कार्यलयले दिई सकेको उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यलयका सचिब तथा प्रवक्ता कृष्ण बहादुर राउतल शान्ति सुरक्षाको सवालमा प्रधानमन्त्री कार्यलयले राज्यका सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी मार्फत शान्ति सुरक्षा कायम राख्न सादा पोसाकका प्रहरी तथा प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा बढाएको बताउनु भयो ।

सचिब राउतले भन्नुभयो प्रहरीले सिआरभी भ्यान, र्‍यापिड रस्पोन्स टिम लगायत बिभिन्न आपत्कालीन तथा नियमित शान्ति सुरक्षा कायम गर्न संरचना हरबखत तैनाथ गरेको र तयारी अबस्थामा राखिएमने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति:October 5, 2021