आयल निगम घाटामा: मुल्य घटाउन र निगमलाई बचाउन सरकारले मात्र सक्ने

  Sampatti News

October 6, 2021

आयल निगम घाटामा: मुल्य घटाउन र निगमलाई बचाउन सरकारले मात्र सक्ने

काठमाडौँ-विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि भईरहेको अबस्थामा अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा आयल निगम संकटतर्फ अगाडि बढेको छ ।

६ बर्षपछी पहिलोपटक आयल निगम घाटामा गएको निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनु भएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले निगम घाटामा गएकावारे जानकारी दिनु भएको हो ।

उहाँको भनाईलाई नेपाल सरकारको सर्बोच्च निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता समेत रहनुभएका सहसचिव कृष्णबहादुर राउतले गम्भीरतापूर्वक लिनुभएको थियो ।

यससँगै आयल निगमको समस्याप्रति सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएर जनतालाई राहत तथा आयल निगमलाइ पनि बचाउने तर्फ केही न केही सम्बोधन गर्ला भन्ने आशा लिन सकिन्छ ।

नेपाल आयल निगमले आफूँ घाटा मै रहेर पनि गुणस्तरीय पेट्रोलियम पदार्थ र ग्याँसको आपूर्तिमा भने कमी नगरेको निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको छ ।

विगतमा तेलको मूल्य घटबढ हुँदा बजारमा तेलको अभाव हुने, तेलमा मिसावट र कालाबजारी हुने जस्ता उपभोक्ता हित विपरितका कार्यमा भने न्यूनीकरण गरिएको कार्यक्रममा भट्टराईले जानकारी दिनुभयो।

नेपाल आयल निगमको अनवरत प्रयासले गर्दा बजारमा तेलका अभाव हुन नपाएको निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराई दावी गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिसँगै आपूर्तिमा असहज स्थिति सिर्जना नहोस् भनेर नेपाल सरकारले चाँडो भन्दा चाँडो आयल निगमको घाटा ब्यबस्थापन गर्नु पर्ने देखिएको छ ।

सरकारले ‘सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस्’ भन्ने नीति अवलम्बन गर्दै पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा उठाउँदै आएको करमा छुट दिएको खण्डमा बजारमा तेलको आपूर्ति तथा मुल्यपनि कमभएर जनतालाई राहत हुने र आयल निगम पनि संकटबाट बच्ने देखिन्छ ।

आयल निगम घाटामा: मुल्य घटाउन र निगमलाई बचाउन सरकारले मात्र सक्ने

प्रकाशित मिति:October 6, 2021