सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?

  Sampatti News

October 6, 2021

सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?

काठमाडौँ-दूरसञ्चार सेवा प्रदायकबाट लिइने दुई प्रतिशत रकमले ग्रामीण क्षेत्रको सूचना प्रविधिको विकासमा लगानी गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताउनु भएको छ ।

तराई बिकाश तथा सञ्चार केन्द्रले काठमाडौँमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उहाले उक्त कुरा बताउनु भएको हो ।

निर्देशक अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले अहिले २०७६ साल कात्तिक ५ गते डिजिटल फ्रेमवर्क नेपाल जारी भएपछि सुचना तथा सञ्चार प्रबिधीको क्षेत्रमा त्यसैलाई आधार मानेर बिभिन्न कार्य गरिरहेको जानाउनु भएको छ ।

उहाँले फ्रेमवर्क कार्यान्वयन गर्न मन्त्रालयले संयन्त्र बनाउने विषयमा छलफल गरिरहेको अबस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि डिजिटल फ्रेमवर्कलाईनै आधार मानेर कार्यहरु सञ्चालन गर्ने तयारी पनि गरिरहेको बताउनु भयो।

दूरसञ्चार सेवा प्रदायकबाट लिइने दुई प्रतिशत रकमले ग्रामीण क्षेत्रको सूचना प्रविधिको विकासमा लगानी गर्न लागिएको जानकारी उहाले दिनुभयो ।

अर्यालले दुरसञ्चार प्राधिकरणमा सेवा प्रदायक कम्पनीहरुको वार्षिक आयको २ प्रतिशत रकम जम्मा हुने रकम प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने र दुरदराजका मानिसहरुमा समेत सहज र सुलभ रुपमा इन्टरनेट प्रदायक सेवा पुर्‍याउनका लागि ग्रामीण दुरसञ्चार विकास कोषको कार्यान्वयन गर्नका लागि दुरसञ्चार प्राधिकरण लागिपरेको बताउनुभयो ।

त्यसैगरी ब्रोडव्याण्ड इन्टरनेट सेवालाई प्रभावकारी बनाउनका लागि प्राधिकरणले १८ वटा आयोजनाहरु पहिचान गरी त्यसको कार्यान्वयनका चरणमा अगाडि बढेको उहाले बताउनुभयो ।

अर्यालले ती आयोजनाहरुको ९२ प्रतिशत भौतिक प्रगति भईसकेको जानकारी गराउनुभयो अर्कोतर्फ मध्यपहाडी लोकमार्ग भएर देशभरका ७७ वटै जिल्लामा उच्च क्षमताको सूचना प्रविधिमा आधारित सूचना महामार्ग निर्माण गरी सबै सेवाग्राहीहरुको पहुँचमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने कार्यलाई नेपाल दुरसञ्चार प्राधिकरणले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?

प्रकाशित मिति:October 6, 2021