सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन

  Sampatti News

October 9, 2021

सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन

काठमाडौँ-भक्तपुर सुर्यविनायक नगरपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीको नगर स्तरिय कमिटी गठन भएको छ ।

आज बिहान नगरपालिकामा आयोजना भएको एक भेलाले नगर स्तरिय कमिटी गठन गरेको छ ।

श्रीकृष्ण बाशुको अध्यक्षतामा १७ सदस्य नगर कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्ष्मा प्रभुराम थापा, सचिवमा सत्यराम सुवाल, उप-सचिवमा शोभा श्रेष्ठ लगायतका नेतृत्व कमिटीमा सर्वसम्मत चयन भएका छन् ।

सोही भेलाले ५ नम्वर वडा स्तरिय वडा कमिटी पनि गठन गरेको छ ।

५ नम्वर वडा स्तरिय कमिटीको नेतृत्व शिव गुमान्जुले गरेका छन् ।

वडा ५ का उपाध्यक्ष्मा प्रेम कसपाल सचिवमा नवराज खेजु लगायतका १५ सदस्य वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सभासद डा राजेन्द्रमान श्रेष्ठले नव निर्वाचित जिम्मेवारी प्राप्त नगर र वडा स्तरिय पदाधिकारी सहितको नेतृत्वलाई सपथ खुवाउदै बधाई दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा भक्तपुर जिल्लाका नेताहरु दिपक थापा, धुर्वराज विष्ट तथा जिल्ला अध्यक्ष श्याम बस्नेतले दशैको शुभकामना दिदै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

उहाले पदाधिकारीलाई अबको दिनमा संगठन बिस्तारमा दत्तचित्त भएर लाग्न आग्रह समेत गर्नु भएको थियो ।

सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन

प्रकाशित मिति:October 9, 2021