नेपाल र भारतको मित्रता सबैभन्दा नजिकको: योगी आदित्यनाथ

  Sampatti News

October 9, 2021

नेपाल र भारतको मित्रता सबैभन्दा नजिकको: योगी आदित्यनाथ

एजेन्सी-नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन् ।

योगी आदित्यनाथले नेपाल र भारतको मित्रता अन्य देशसँग तुलनै गर्न नसकिने सबैभन्दा नजिकको रहेको बताउदै भारतीय जनताले नेपालको समृद्धि चाहेको बताए ।

‘नेपाल जति समृद्धि र बलियो हुन्छ, त्यो त्यति नै भारतका लागि हितकर हुन्छ,’ उनले भनेका छन् –‘त्यसका लागि भारत सरकार र भारतीय जनताले हरसम्भव सहयोग नेपाललाई गर्ने छन् । ’

मुख्यमन्त्री आदित्यनाथले शनिबार लखनउमा नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा गरेक थिए ।

उनले समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने उल्लेख गरे ।

उनले नेपाललाई सहयोग गर्ने कुरालाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याहरुको समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

भारतीय जनता पाार्टीको विदेश विभागको निम्तोमा यहाँ आएका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु अजयकुमार चौरासिया र उदयशमशेसर राणा तीन दिनदेखि बिजेपीका नेताहरुसँग भेटघाटमा व्यवस्त छन् ।

महतले भारतीय सहर र सीमा क्षेत्रमा नेपालीले भोग्ने समस्या तर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, बनारसमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको संरक्षणको कुरा पनि उठाएका थिए ।

लखनउपछि कांग्रेस नेताहरु उत्तरप्रदेशकै अर्को सहर बनारस पुगेका छन् ।

यसअघि महत नेतृत्वको टोलीले बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस जयशंकर र बिजेपी राष्ट्रिय महासचिवहरु तथा विदेश विभागका पदाधिकारीहरुसँग भेटभाट, छलफल गरेको थियो ।

नेपाल र भारतको मित्रता सबैभन्दा नजिकको: योगी आदित्यनाथ

प्रकाशित मिति:October 9, 2021