प्रशासक तथा पत्रकारबिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  Sampatti News

October 10, 2021

काठमाडौँ–पत्रकारहरुको बिच दशै तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

तराई बिकाश तथा सञ्चार केन्द्र नेपालले दशै तथा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब एकनारायण अर्यालको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सचिब अर्यालले सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुमा दशै तथा दिपावलीको शुभकामना ब्यक्त गर्नु भयो ।उहाले एक फरक प्रसङ्गमा पत्रकार तथा पत्रकारीतालाई परिर्वतनको संवाहकको रुपमा ब्याख्या गनुभयो ।

उहाले भन्नुभयो–“पत्रकार सधै सकारात्मक हुनु पर्दछ र पत्रकारले नै परिर्वतनको संवाहकको शक्ती राख्दछ” ।, उहाले सबै कर्मचारीलाई एउटै टोकरीमा राखेर हेर्न नहुने र कर्मचारीतन्त्र भित्र नराम्रा मात्र कर्मचारी छन् सबै भ्रष्टनै छन् भन्ने भ्रम आम मानिसबाट हटाउन अहिले नितान्त आबश्यक रहेको सचिव अर्यालको तर्क थियो ।

सचिव अर्यालले पदमा छु भन्दैमा कसैले तुजुक तथा शक्तीको पर्दशन गर्न आवश्यक नरहेको समेत जिकिर गर्नुभयो ।

उहाले भन्नुभयो “पहिला म आम नेपाली नागरिक हु त्यसपछी म कुनै संस्थाको सचिब मेरो कार्यकाल सिमित छ त्यस पछी म सामान्य सर्वसाधारण यसमा कसैले तुजुक देखाउन आबश्यक छैन ।”

सञ्चारकर्मी र प्रशासक मिलेर जनताको हितमा कार्य गर्न आबश्यक छ र त्यो अहिलेको टड्कारो आबश्यक्ता रहेको सचिव अयालको जिकिर थियो ।

त्यस्तै कार्यक्रममा संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव तथा प्रबक्ता वशन्त अधिकारीले दशैको शुभकामना दिदै पत्रकारले आफ्नो पेशागत नैतिकता कदापी भुल्न नहुने बताउनु भयो ।

उहाले भन्नुभयो “आफ्नो पेशागत मर्यादा जोगाउन पत्रकार सधै चनाखो रहनुपर्ने हुन्छ ।” गैर ब्यवसायीक ब्यक्ती पत्रकारीता क्षेत्रमा छिर्दा त्यसले सम्पुर्ण पत्रकारीता जगतलाई नै बद्नाम गर्न सक्ने उहाको तर्क थियो ।

आजभोली खुलेका अन्लाइनको उदारण दिदै उहाले सबै सञ्चार माध्यमलाई एउटै बास्केटमा राखेर हेर्न नहुने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सुचना तथा प्रशारण बिभागका महानिर्देशक गोगन हमालले सुचना तथा प्रशारण बिभाग सधै श्रमजिवी पत्रकारको पक्षमा रहेको बताउनुभयो ।

उहाले भर्खर पत्रकारीता क्षेत्र प्रवेश गरेका पत्रकार तथा पुरानो पत्रकारको हैसियत समान रहेको बताउदै ग्रेडिङ्ग गरी पत्रकारको कार्यअनुभव तथा योगदानका आधारमा दिग्गज पत्रकारलाई सम्मनीत सेवा दिन आबश्यक रहेको बताउनुभयो ।

साथै उहाले देश दुनियाको अधिकार माग्दै हिड्ने पत्रकार आफ्नो हकहितको लागी पनि बिभागसँग समन्वय गरेर अगाडी बढन् आबश्यक रहेको भन्दै पत्रकारका कानुनी तथा नीतिगत समस्या बारे बिभागसँग छलफल गर्न आह्वान गर्नु भयो ।

त्यस्तै कार्यक्रममा दृष्टी साप्ताहिकका सम्पादक तथा समाजवादी प्रेस संगठन नेपालका संयोजक शम्भु श्रेष्ठले सम्पुर्णमा दशैको शुभकामना ब्यक्त गर्नु भयो ।

उहाले एक फरक प्रसङ्गमा नेपालको राजनीतिमा ब्यबस्था परिवर्तन भएपनी पात्र र प्रवृती उही रहेको हुदा नेपाली जनताले परिर्वतनको खासै अनुभव गर्न नसकेको जिकिर गर्नु भयो ।

कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डित ,सिद्घराज उपाध्याय,चमिना भट्टराई चेतनाथ धमला, ताराचन्द्र देवकोटा, शान्ताराम विडारी लगायत पत्रकारले दशैको शुभकामना दिदै आफ्नो धारण राख्नु भएको थियो ।

आयोजकका तर्फवाट कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका तराई बिकाश तथा सञ्चार केन्द्रका अध्यक्ष तथा पत्रकार गोविन्दप्रसाद चौलागाइले सम्पुर्ण पत्रकार तथा आम सर्वसाधरणमा दशैको शुभकामना ब्यक्त गर्नु भयो ।

प्रकाशित मिति:October 10, 2021