भावी गभर्नर शिवाकोटीका यस्ता छन् योजना

  Sampatti News

March 14, 2020

चिन्तामणी शिवाकोटी, डेपुटी गर्भनर नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकमा ३२ वर्ष सेवा पूरा गर्नुभएका चिन्तामणी शिवाकोटी तल्लोतहबाट सेवा प्रवेश गरी नेतृत्व तहमा पुग्नुभएका व्यक्तित्व हुनुहुन्छ । विगत ४ वर्षदेखि डेपुटी गर्भनरको भुमिकामा रहनुभएका शिवाकोटी आगामी राष्ट्र बैंकको गर्भनरका लागि बलियो प्रतिष्पर्धी देखिनुहुन्छ । खासगरी नेपालको वित्तिय क्षेत्रमा वित्तिय साक्षारताको अभियान शुरु गर्ने र बैंकहरुलाई आइटी मैत्री बनाउन विशेष भुमिका निर्वाह गर्नुभएका शिवाकोटीले द्धन्द्धकालमा पश्चिम नेपालका २४ जिल्लाको कुशल नेतृत्वसमेत गर्नुभएको थियो । पछिल्लो पटक बैंकहरुबिच मर्जरको नयाँ व्यवस्था गर्नमा समेत मुख्य भूमिका निर्वाह गर्नुभएका सिवाकोटीसँग सम्पत्ति न्यूजले गरेको संक्षिप्त कुराकानी ।

तपाइँले ४ वर्षसम्म राष्ट्र बैंकको डेपुटी गर्भनरको रुपमा काम गरिसक्नुभएको छ । यो बिचमा तपाइँको सक्रियतामा कस्ता–कस्ता कामहरु सम्पन्न भए ?
चार वर्षको अवधिमा मैले डिपुटी गर्भनरको रुपमा काम गर्दा निकै सन्तुष्ट छु । यो अवधिमा नेपाल फाइनान्सियल रिपोटिङ सिस्टम लागू गरायौं । त्यस्तै बैंकहरुमा रिसपेस सुपर भिजन लागू गराएका छौं । सम्पत्ति शुद्धिकरणका लागि बैंकहरुले पेस गर्नुपर्ने गोएमएमलको सफ्टवेयर नै लागू गरिएको छ । त्यस्तै आर्टिजियस अर्थात हाइ भ्याल्यू तुरुन्त को तुरुन्तै राफ साफ गर्ने प्रणाली पनि शुरु गरिएको छ । यस्ता विषयहरु लागू गर्ने क्रममा बैंक तथा वित्तिय संस्थामा उनीहरुको ठूलो मात्रामा रकम खर्च हुने, तयारी गर्न समय लाग्ने र सफ्टवेर खरिद गर्नुपर्ने र जनशक्ति नपुग्ने भनेर लागू नगर्न अनिच्छा र आनाकानी पनि भएको थियो । तथापी हामीले उहाँहरुलाई बुझाएर यसमा सफलता प्राप्त गरेका छौं ।

यसैगरी पछिल्लो समयमा हामीले एसआइएस सुपरभाइजरी इन्फरमेशन सिस्टम पनि लागू गरिसकेका छौं । यो चाहीँ कखगघ सबै वर्गका बैंकहरुमा लागू हुन्छ । यसअन्तर्गत हामीले मुलुकका सबैखाले बैंक तथा वित्तिय संस्थाहरुले एकैपटक राष्ट्र बैंकलाई पठाउने सूचनाहरु पठाउन मिल्नेगरी सफ्टवृेरको व्यवस्था गरिएको छ । उनीहरुले विदेशि विनिमय विभाग लगायतका विभिन्न निकायहरुलाई पठाउने डाटा फरक फरक हुने र त्यो असजिलाे हुने भएकाले त्यसलाई व्यवस्थित गर्न हामीले यो डिजाइन गरेका छौं ।

यो बैंकहरुले कसरी उपयोग गरिरहेका हुन्छन ? प्रक्रिया कस्तो हुन्छ यो सफ्टवेयर प्रयोगको ?
यसमा बैंक तथा वित्तिय संस्थाहरुको आफ्नै एक्सिस पनि हुन्छ । त्यो एक्सिस प्रयोग गरेर उनीहरुले यसलाई उपयोग गर्दछन् । त्यसमा एक्सिस हुने भएपछि उनीहरुले हामीले मागेको डाटाहरु त्यहाँ उपलब्ध गराउँछन् । अनि राष्ट्र बैंकसँग पनि त्यसको एक्सिस भइरहने हुनाले बैंकहरुले पठाएको डाटा प्राप्त गर्ने गरिन्छ ।

मैले मेरो यो राष्ट्रबैंकसँगको लामो यात्रामा ननअफिसर लेवल, अधिकृतस्तर, उच्च अधिकृतस्तरमा रहेर करिब ३२ वर्ष काम गरेँ । यो अवधिमा मैले केही रिटायर्ड भइसकेका र ३० वर्षदेखि पनि काम गरिरहेका साथिहरु सबैसँग मिलेर काम गरेको छु । यो सबै आजसम्मको अनुभवबाट म के भन्न सक्छु भने म राष्ट्र बैंकका सबै विषयसँग साक्षात्कार गरेको जानकारी भएको व्यक्ति हुँ ।

तपाइँको यो ४ वर्षे कार्यकालमा राष्ट्र बैंकको व्यापारको निरन्तरता कस्तो रह्यो ?
म डेपुटी गर्भनर भइरहँदा भर्खरै भुकम्प गएको थियो । त्यो भन्दा अघि म मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा काम गरिहेको थिएा । त्यतिबेला भुइँचालो आएको बेलामा कसरी बैंकिङ व्यवसायलाई निरन्तरता दिने भन्ने अवस्था हुँदाहुँदै पनि पार गर्न सफल भयौं । फलस्वरुप आजको अवस्थामा यो राम्रै भइरहेको छ । अहिलेपनि हामी ४/५ ठाउँमा राष्ट्र बैंकको नाममा घरहरु भाडामा लिएर कार्यालय चलाइरहेको अवस्था छ ।

तपाइँ आफै संलग्न भएर मुख्य के के कामहरु भए यो बिचमा ?
यो बिचमा मेरो काँधमा थापाथली र बालुवाटारमा बैंकका ठूलो बजेटको लगानीका भवनहरु निर्माण गनुपर्ने चुनौतीको सामना गर्नुपर्यो । शुरूमा यी भवन राष्ट्र बैंकले जिम्मा लिने की नलिने भन्ने कुरा थियो । तर यो निर्माणको उच्चस्तरीय समितिको अध्यक्षता पनि मैले गरेको छु । जुन कार्य अथक प्रयासका साथ अगाडी बढाइएको थियो । यसमा पुरातत्वको मापदण्ड अनुसार काम गर्नुपर्ने चुनौतीपूर्ण काम थियो । अहिले थापाथलीमा केही काम गर्न मात्र बाँकी छ र बालुवाटारको भवनमा पनि चौथो तला निर्माणमा जुटिरहेका छौं ।

तपाइँ यो जिम्मेवारी आएपछि राष्ट्र बैंकले गरेका मुख्य कामहरु के के हुन ?
यही बिचमा एउटा इन्फस्ट्रक्चर र डेबलपमेन्ट बैंक स्थापना गर्यौं र सबैभन्दा ठूलो कुरो त यो बिचमा हामीले पुग्दै, पुग्दैन भनेको पुँजी २ अर्बबाट ८ अर्ब बनाएर सबै बैंंकहरुमा पुगेको अवस्था छ । केही जिल्ला स्तरका ससाना बाहेक सबै फाइनान्स, वित्तिय कम्पनीहरुलाई बैंकको पुँजी वृद्धी कार्यक्रममा जोड्न सफल भएका छौं । यहीबीचमा यो मर्जरको कार्यलाई पनि दु्रतताका साथ अगाडी बढायौं । जसअन्तर्गत १८५ वटा संस्थालाई मर्ज गरेर जम्मा ४१ वटा संस्थमा कायम गर्न सफल भएका छौं । १४० ४५ वटा संस्था बैंकिङ प्रणाली बाट नै हटाइएका छन् ।

हाल राष्ट्र बैंकको वित्तिय पहुँच कसरी बढेको छ ?
यो बिचमा वित्तिय पहुँच अत्यन्तै राम्ररी विस्तार भएको छ । ४/५ वर्ष अगाडी २ करोड भइरहेको खाता संख्या अहिले ३ करोडको हाराहारीमा पुगेको छ । खाता खोल्ने प्रवृत्तिमा सुधार आएको छ । आज ६० प्रतिशत नेपाली जनताहरुलाई बैंकसँग जोड्न सकिएको छ । क्रियाशील नरहेका खाताहरु बन्द गरिएका छन् । सहकारी र माइक्रोफाइनान्स बाहेक ६० प्रतिशतभन्दा बढी जनताहरुको बैंकसँग एक्सिस पुगेको छ । यो पनि यसैमा गणना गर्ने हो भने अझै ७०/८० प्रतिशत मानिसहरु बैंकमा कारोबार गर्न थालेका छन् ।

तपाइँहरुकै कार्यकालमा मुलुकमा ठूल– ठूला परिवर्तनहरु पनि भए, तिनले चाहीँ बैंकिङ क्रियाकलापलाई कत्तिको प्रभाव पारे ?
हो, हाम्रै कार्यकालमा मुलुकमा ठूला ठूला परिवर्तनहरु भए । संघीयता आयो । मुलुक ७५३ स्थानीय तहमा विभक्त भयो । ती सबै स्थानमा कमर्शियल बैंक हुनैपर्ने बाध्यात्मक व्यवस्था हामीले गरेका थियौं । जतिबेला देशैभरी २९७ स्थानमा मात्रै बैंकहरु थिए । आज ७४५ स्थानमा कमर्शियल बैंक स्थापना भइसकेको छ । बाँकी ८ स्थानमा चाँडै स्थापना गर्ने तयारी भइरहेको छ ।

४/५ वर्ष अगाडी २ करोड भइरहेको खाता संख्या अहिले ३ करोडको हाराहारीमा पुगेको छ । खाता खोल्ने प्रवृत्तिमा सुधार आएको छ । आज ६० प्रतिशत नेपाली जनताहरुलाई बैंकसँग जोड्न सकिएको छ । क्रियाशील नरहेका खाताहरु बन्द गरिएका छन् । सहकारी र माइक्रोफाइनान्स बाहेक ६० प्रतिशतभन्दा बढी जनताहरुको बैंकसँग एक्सिस पुगेको छ । यो पनि यसैमा गणना गर्ने हो भने अझै ७०/८० प्रतिशत मानिसहरु बैंकमा कारोबार गर्न थालेका छन् ।

खासगरी यहाँको राष्ट्रबैंकमा प्रवेशपछि नै यसले तिव्रता पाएको डिजिटल बैंकिङमा कत्तिको सुधार भएको छ ?
९१ लाख मानिसहरुको आज मोबाइल बैंकिङमा पहुँच विस्तार गरिएको छ । ९ लाख मानिसहरुको आज इन्टरनेट बैंकिङमा पहुँच छ । ६८ लाख मानिसहरुसँग डेबिट कार्डको पहुँच छ । र १ लाख ६४ हजार मानिसहरु क्रेडिट कार्डका पूयोगकर्ताहरु भएको अवस्था छ । अब एबिबिएस बैंकिङ,एटिएम कार्डहरुको प्रचारप्रसार भएको छ । डिजिटल बैंकिङतर्फ क्रमश हामी अघि बढीरहेका छौं । यहि बिचमा विद्युतिय कारोबार ऐन पनि लागू गर्न सफल भएका छौं । त्यस्तै विदेशि विनिमयसँग सम्बन्धित एफडिआइका कुराहरु, सटहीका कुराहरुमा हामीले सहजिकरण गरेर बेंकको व्यापार बढाउने काम गरेका छौं ।

तर ब्याजदरको नियन्त्रण राष्ट्र बैंकले आशातित सफतता प्राप्त गर्न सकिरहेको छैन भनिन्छ, सत्यता के हो ?
हामीले ब्याजदरको नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गर्दै आइरहेका छौं । नेपाल सरकारको आर्थिक वृद्धिदर उच्च गर्ने नीतिलाई सफल पार्ने गरी सहयोग गरिरहेका छौं । यसै कारण सरकारले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको छ । मूल्यवृद्धिलाई हामीले ६ प्रतिशतको टार्गेट गरेको भएपनि थोरै माथि ६.४ मा कायम गरेका छौं । यसलाई नियन्त्रण गर्ने प्रयत्नमा हामी लागिरहेका छौं ।

मूल्यवृद्धिलाई हामीले ६ प्रतिशतको टार्गेट गरेको भएपनि थोरै माथि ६.४ मा कायम गरेका छौं । यसलाई नियन्त्रण गर्ने प्रयत्नमा हामी लागिरहेका छौं ।

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मैले गर्भनर नभएको समयमा कायमुकायम गर्भनरको जिम्मेवारी निर्वाह गरेको छु । मैले कामका सन्दर्भमा विना विवाद, विना रोकटोक अर्थात निर्णय गर्दा नहिच्किचाइकन कार्य सम्पादन गरेका छु । आज मुलुकमा कसैको गोजीमा पैसाको अभाव हुनुपर्ने अवस्था देखिदैन । भुकम्प आएर थिलथिलो भएको मुलुकलाई सहजै अवतरण गराउन हामी सफल भएका छौं ।

तपाइँले राष्ट्र बैंकको डेपुटी गर्भनर हुनुभन्दा अगाडी बैंकिङ क्षेत्रमा कहाँ–कहाँ, के के भुमिका निर्वाह गर्नुभयो ?
त्यो भन्दा अघि म तपाईलाई के भन्न चाहान्छु भने भुकम्प गइरहेको बेला म मुद्रा व्यवस्थापन विभागको जिम्मेवारीमा थिएँ । देशभरी नोटहरुलाई चेक गर्नुपर्ने, काठमाडौका ठूला ठूला बैंकका पैसाहरुलाई स्थानान्तरण गर्नुपर्ने, त्यो पैसालाई बैंक तथा वित्तिय संस्थाहरुमा बुझाएर ७५ वटै जिल्लामा बैंकिङ कारोबार जारी राख्नुपर्नेजस्ता चुनौतिपूर्ण कामलाई सफलतापूवृक सम्पन्न गर्न सक्दा खुसीको अनुभव लिएको छु ।

त्यस्तै, मुलुकमा द्धन्द्धको चरम अवस्था भएको बेलामा नेपालगञ्जको कार्यालयमा थिएँ, जहाँबाट सुदूरपश्चिम र मध्यमश्चिमका २४ वटा जिल्ला को फण्ड व्यवस्थापन हेर्थें । त्यतिबेला १ जिल्लाबाट अर्को जिल्लामा जान अप्ठ्यारो भएको बेला २२ जिल्लामा पुगेर समस्या समाधान गरिएको थियो । चन्दा आतंक र हिंसा भइरहेका बेला समेत कार्य सम्पादन भयो । तपाइँका जहान परिवार टुहुरा हुन्छन भनेर पनि थ्रेट आउँथ्यो । हामी आत्तिएनौं । राष्ट्र बैंकको ढुकुटी बचाउने कसम पूरा ग¥र्यौं । शान्तिपुर्ण अवस्थामा आन्दोलनरत साथिहरुसँग समन्वय पनि गरिएको थियो ।

तपाइँले लघुवित्त विभागमा रहेर पनि काम गर्नुभएको छ । त्यहाँको अनुभव पनि सेयर गरिदिनु न ?
मैले लघुवित्त विभागमा लामो समय काम गर्दा खासगरी वित्तिय साक्षरताको लागि युएनसिडीएफ र यूएनसिडीसँगको सहकार्यमा हामीले काम गरेका थियौं । सहयोग राष्ट्र र दाताहरुको फण्ड योजनाबद्ध रुपमा सम्पन्न गरेका थियौं । त्यो प्रोजेक्टले वित्तिय साक्षारता र वित्तिय समावेसिकरणको लागि थुपै्र कामहरु गरेको छ । शुरु शुरुमा घाटामा गएका संस्थाहरुलाई हामीले सबसिटीको रुपमा बैंकहरुलाई उपलब्ध गराइदिएको कारणले धेरे विकट ठाउँहरुमा थुप्रै बैंकका शाखाहरु खोलाउन सफल भएका थियौं ।

आजको समयमा नेपालको वित्तिय साक्षरताको अवस्था कस्तो रहेको छ त ?
आजका दिनमा नेपालको वित्तिय साक्षरता अत्यन्तै सफलिभूत भइरहेको छ । हरेक क्षेत्रबाट माइक्रो फाइनान्स, सहकारी र बैंकहरुले यसलाई अझै बढाइरहेका छन् । यो हिजोका दिनमा राष्ट्र बैंकले वित्तिय अभिव्द्धी पहुँच आयोजनामार्फत थालेको कामको गति पनि हो । यसमा अन्य फाइनान्स, सहकारी तथा वित्तिय संस्थाहरुको पनि सहयोगले आज यो झन बढ्दैछ । यो सम्बन्धमा मैले एउटा पुस्तक पनि लेखेको थिएँ । राष्ट्र बैंकले प्रकाशन गरेको त्यो पुस्तकबाट हामीले वित्तिय साक्षरता अभिवृद्धी गराउने काम पनि गरेका थियौं्र । गाउँ गाउँमा वित्तिय साक्षरता विस्तार गरेको छ । त्यसैगरी हामीले यहि कार्यक्रमलाई विस्तार गर्न हास्यव्यंग्यात्मक ६ वटा टेलिशृंखला पनि निर्माण गरेका थियौं ।

तपाइँले राष्ट्र बैंकमा कुन कुन तहमा कस्तो कस्तो जिम्मेवारीमा रहेर काम गर्नुभयो ?
मैले मेरो यो राष्ट्रबैंकसँगको लामो यात्रामा ननअफिसर लेवल, अधिकृतस्तर, उच्च अधिकृतस्तरमा रहेर करिब ३२ वर्ष काम गरेँ । यो अवधिमा मैले केही रिटायर्ड भइसकेका र ३० वर्षदेखि पनि काम गरिरहेका साथिहरु सबैसँग मिलेर काम गरेको छु । यो सबै आजसम्मको अनुभवबाट म के भन्न सक्छु भने म राष्ट्र बैंकका सबै विषयसँग साक्षात्कार गरेको जानकारी भएको व्यक्ति हुँ । त्यसैले राष्ट्र बैंकका विगत र विद्यमान सबै कामको अनुभव छ ।

प्रकाशित मिति:March 14, 2020