चीनमा फेरि कोरोना प्रकोप: उडान स्थगितसँगै स्कुल पनि बन्द

  Sampatti News

October 22, 2021

ऐजेन्सी-चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ ।

चीनमा पाँचौँ दिन सम्म लगातार नयाँ संक्रमित बढेसँगै व्यापक रूपमा कोरोना परीक्षण सुरु गरिएको छ।

चीन सरकारले संक्रमिण बढ्न नदिन सयौँ उडान स्थगित गरेको छ भने स्कुल पनि बन्द गराएको छ ।

उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेकोमा चीन सरकारले पर्यटकलाई यस्को मुख्य कारणको रुपमा औल्याएको छ ।

राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा कोरोना भाइरसको अधिक प्रभाव देखापरेसँगै त्याहाका स्थानीय सरकारले परीक्षण सुरु गरेका छन्।

स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन् ।

केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ। अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ ।

४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ।​

जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा २४ करोड ३३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४९ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित मिति:October 22, 2021