आज नेपालमा ७ सय ८ जनामा कोरोना पुष्टि: ११ जनाको मृत्यु

  Sampatti News

October 22, 2021

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ९ हजार ३७६ जनाले कोरोना परीक्षण गराएकोमा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ५३ जनामा पिसिआर तथा २ हजार १ सय २३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

साथै आज ९ सय ३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

साथै आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

हाल नेपालमा रहेका सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:October 22, 2021