October 24, 2021
काठमाडाैँ-नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान गरेकाे छ ।
नेपाली सेनाले आफू मातहतका अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायतमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको हाे ।
करार सेवामा पदपूर्ति गर्नेगरी सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।
आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ ।
प्रकाशित मिति:October 24, 2021