बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी स्वदेश फिर्ता

  Sampatti News

October 25, 2021

काठमाडाैँ-बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल फर्किएका छन् ।

लन्डनस्थित हिथ्रो विमानस्थलबाट हिजाे अपरान्ह ५ः४० को टर्किस एअर्लाइन्सबाट रेग्मी नेपाल फर्किएका हुन् ।

लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै आज सोमबार स्थानीय समयअनुसार ११ः३० मा काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबतरण गर्ने छन् ।

राजदूतलाई बिदाइ गर्न दूतावास नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्न बहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएका हुन् ।

रेग्मीलाई बेलायती महारानी एलिजावेथ द्वितियाका तर्फबाट शुक्रबार बिदाई गरिएको थियो ।

महारानीको प्रतिनिधिका रुपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन दूतावास आएर राजदूत रेग्मीको बिदाइ गरेका थिए ।​

राजदूत नेपाल फर्किएसँगै नेपाली दूतावास लन्डन राजदूतबिहीन बनेको छ ।

तर, अन्य व्यवस्था नभएसम्म कार्यबाहक राजदूतको रुपमा दूतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनालले कार्यभार सम्हाल्ने छिन् ।

नेपाल सरकारको पूर्व मुख्यसचिव रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

रेग्मीले गृह र अर्थ जस्ता महत्त्वपूर्ण मन्त्रालयका सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति:October 25, 2021