न्यायलयमा लफडा अनि पेशी बहिष्कार

  Sampatti News

October 25, 2021

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरुको घेराबन्दीमा परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नै बहिष्कार गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु इजालासमा नगई सामूहिक छलफलमा जुटेका छन् ।

विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेशी बहिष्कार गर्दै न्यायाधीशहरु ईजलासमा नगएर सामूहिक छलफलमा जुटेका हुन् ।

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेको न्यायाधीशहरुले इजलासमा बस्ने नबस्ने बारे बैठकमा छलफल गरिरहेका छन् ।

सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्चमा उपस्थित छन् ।

न्यायाधीशहरु इजलासमा नगई बैठकमा बसेपछि वकालतका लागि पुगेका वकिलहरु भने पर्खिरहेका छन् । सोमबार घर बिदामा रहेका कारण न्यायाधीश कुमार चुडाल अदालत उपस्थित छैनन् ।

यस्तै सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड घुमघाममा छन् । न्यायाधीश ईश्वर खतिवडा अमेरिका, तेजबहादुर केसी घर बिदामा र नहकुल सुवेदी बिरामी भएका कारण अदालतमा उपस्थित छैनन् ।

प्रकाशित मिति:October 25, 2021