नेपाल बार एशोसिएसनद्वारा प्रधानन्यायाधीश जबराको राजिनामा माग

  Sampatti News

October 25, 2021

काठमाडौं-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजिनामा माग गरेको छ ।

बार एशोसिएसनले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको हो ।

बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेको बताएका छन् ।

उनले भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि बारको औपचारिक निर्णय सार्वजनिक हुने बताएका छन् ।

अध्यक्ष श्रेष्ठले ‘निकास दिने’ शब्दावलीको अर्थ मंगलबार मात्रै स्पष्ट हुनेगरी सार्वजनिक हुने बताएका छन् ।

उनले भने, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं’ ‘न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि । त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ ।

उनले बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताए ।

त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मंगलबारकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उनले बताए ।

प्रकाशित मिति:October 25, 2021