कोरोना संक्रमणपछि मेयरको मृत्यु

  Sampatti News

March 16, 2020

पछिल्लो समय विश्वभर फैलिइरहेको कोरोना भाइरसको कारण इटालीका एक मेयरको मृत्यु भएको छ । उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।

विश्वमा चीनपछि सबैभन्दा बढी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २४ हजार ७ सय ४७ जनामा कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

प्रकाशित मिति:March 16, 2020