चीनद्वारा पाकिस्तानलाई अत्याधुनिक युद्धपोत उपहार

  Sampatti News

November 9, 2021

एजेन्सी-चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत उपहार स्वरुप प्रदान गरेको छ ।

यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ ।

चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्धी भएको बताएको छ ।

सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी ) ले गरेको हो ।

कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ ।

पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै सो टाइप ०५४ ए.पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ ।

चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ ।

यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ ।

यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।

प्रकाशित मिति:November 9, 2021