प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

  Sampatti News

November 25, 2021

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं-आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् ।

नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्ने भएका हुन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतबाट दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने जनाइएको छ ।

मार्चपासमा सहभागी हुने बारसहितका पेशागत संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् ।

देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ ।

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

प्रकाशित मिति:November 25, 2021