भीम रावलले रोके ओलीको रात्रिभोज

  Sampatti News

November 25, 2021

भीम रावलले रोके ओलीको रात्रिभोज

काठमाडौं– महाधिवेशनस्थल चितवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको रात्रिभोज भीम रावलले रोकी दिएका छन् ।

पार्टी उपाध्यक्ष भीम रावलको विरोधपछि ओलीले गर्ने भनिएको रात्रिभोज रोकिएको हो ।

रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधिलाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको स्थायी कमिटी बैठकमा सो विषयमा आपत्ति जनाएका थिए।

अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो।

अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो।

एमालेको १० औं महाधिवेशनबाट ओलीले सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षा गरेका थिए। सोही अपेक्षाबमोजिम उनले मनोनयन दर्तापछि रात्रिभोजको आयोजना गरेका थिए।

उपाध्यक्ष रावलले अध्यक्षमा चुनौती दिने घोषणा गरेका छन् । उनको घोषणापछि १२ गते मतदान भएपछि अध्यक्षको टुंगो लाग्नेछ।

भीम रावलले रोके ओलीको रात्रिभोज

प्रकाशित मिति:November 25, 2021