सुरेन्द्र पाण्डे महासचिव बाहेकका पदमा नउठ्ने

  Sampatti News

November 25, 2021

सुरेन्द्र पाण्डे महासचिव बाहेकका पदमा नउठ्ने

काठमाडौँ-महासचिवभन्दा सानो पदमा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

१० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे ।

शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

सुरेन्द्र पाण्डे महासचिव बाहेकका पदमा नउठ्ने

प्रकाशित मिति:November 25, 2021