ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ

  Sampatti News

November 25, 2021

ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ

काठमाडौं-१५ सयजनालाई ठगेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल छाड्ने तयारीमा रहेको पाईएको छ ।

नेपाल छाड्ने तयारीमा रहेकै बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको तथ्य बाहिर आएको छ ।

उनलाई नेपाल छाड्ने योजना बनाइरहेकै बेला पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

इच्छाराज तामाङसहित १२ जनाविरुद्ध झन्डै १५ सयजनाले उजुरी दिएका छन् ।

उनीहरूविरुद्ध १४ सय ८० जनाले उजुरी दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले जनाएको छ ।

सीआईबी प्रमुख धीरजप्रताप सिंहलेका अनुसार इच्छाराज तामाङ पक्राउ नपरेको भए नेपाल छाड्ने तयारीमा रहेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षणमा रहेका तामाङ्लाई सीआईबीले झन्डै दुई महिना लगाएर पक्राउ गर्न सफल भएको जनाएको छ ।

अघिल्लो निर्वाचनमा इच्छाराज तामाङ नेकपा एमालेको तर्फवाट प्रतिनिधी सभा सदस्य समेत भएका थिए ।

केपी ओलीको आर्शिवादले उनी प्रतिनिधी सभा सदस्य भएका हुन् ।

तामाङले आफू ओलीको साढु भाई भएको बताउँथे

राजनीतिक रुपमा प्रधानमन्त्री केपी ओलीसँग नजिक रहेका तामाङले आफू ओलीको साढु भाई भएको बताउँदै आएका थिए ।

ओलीको सरकार ढलेसँगै उनी नेपाल छाड्ने तयारीमा रहेका प्रहरीले जनाएको छ ।

इच्छाराज तामाङले महान्यायधीवक्ता अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेका थिए ।

खरेललाई तामाङले मासिक ५ लाख रुपैयाँ शुल्क बुझाउँदै आएको समेत अनुसन्धानमा देखिएको छ ।

तामाङसहित सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा १२ जनालाई गएको असोज १८ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

तामाङकी श्रीमती फरार छिन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको ब्युरो प्रमुख डीआईजी सिंहले बताए ।

प्रहरीले आज–भोलिमै उनको मुद्दा बुझाउने तयारी गरेको छ ।

तामाङले सिभिल सहकारीमा १४ सय ८० बचतकर्ताको पाँच अर्ब ६३ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ ।

तामाङले सिभिल सहकारीबाट ९० प्रतिशत बढी रकम आफ्नै नातागोताका नाममा विभिन्न कम्पनी खडा गरेर ‘लोन’ लिएको पाइएको छ ।

तामाङबाट सरकारी उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी समेत ठगिएको पाइएको छ ।

ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ

प्रकाशित मिति:November 25, 2021